श्रम स्वीकृति सुरु

२०७७ असार १८ गते, बिहीबार


काठमाडौं , १८ असार । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिन थालेको छ । विभागका महानिर्देशक कुमारराज दाहलले विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको जानकारी दिए । नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो । अब वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुन श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउनेछन् । काठमाडौंमा बिहीबारबाटै र उपत्यका बाहरिका प्रदेश श्रम कार्यालयबाट आइतबारदेखि सेवा दिन थालिनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु