विश्वकै पातलो मोबाइल नेपाल भित्रँदै

२०७१ भाद्र १ गते, आईतवार

काठमाडौँ । चिनियाँ मोबाइल निर्माता कम्पनी जियोनी अब नेपाली बजारमा भित्रिने भएको छ । विश्वका करिव ४० मुलुकमा बाषिर्क २ करोड ५० लाख मोबाइल सेट बिक्री गर्दै आएको जियोनीले नेपालको अग्रणी मोबाइल बितरक कम्पनी टेलिटक प्रालिलाई आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको छ । गतमंगलबार काठमाडौँमा त्यससम्बन्धी समझदारीपत्रमा जियोनीका तर्फाट वान र टेलिटकका प्रबन्ध निर्देशक रोहित गुप्ताबीच समझदारीपत्रमा हस्ताक्षर भयो । जियोनीका मोबाइल सेट सेप्टेम्बर पहिलो सातादेखि नेपाली बजारमा बिक्री सुरु हुने छ । जियोनीले नेपालमा उत्कृष्ट गुणस्तरका सेट बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि ध्यान दिने वानले कार्यक्रममा जानकारी दिए । टेलिटकसँगको सहकार्यले आफ्नो ब्रान्ड नेपाली ग्राहकमाझ छिट्टै लोकप्रिय हुने उनले विश्वास व्यक्त गरे । जियोनी मोबाइलले नेपाली बजारमा एक वर्षै उत्कृष्ट तीनको रुपमा आउने र दुइ वर्षा पहिलो हुने लक्ष्य लिएको छ । भारतमा राम्रो अनुभव बटुलेको जियोनीले नेपालमा ५ वटा विभिन्न मोडलको स्मार्टफोन र २ फिचर फोन बजारमा ल्याउने छ । विश्वको सबैभन्दा पातलो मोबाइल भ्ष्िाभक्छ । छ सेट पनि नेपाली बजारमा चाँडै बिक्रीमा ल्याइने छ । फिचर फोनको मूल्य ३ हजारदेखि सुरु हुने र उच्च गुणस्तरका स्मार्टफोनको मूल्य १५ देखि ३५ हजार रुपैयाँसम्म पर्ने टेलिटकका प्रबन्ध निर्देशक गुप्ताले जानकारी दिए । जियोनी मोबाइलले सन् २००२ देखि संसारकै उत्कृष्ट गुणस्तरका हृयाण्डसेटहरु ग्राहकसमक्ष पुर्याउँदै आएको छ । भारत, युरोप, ल्याटिन अमेरिका, अप्रिmका र मध्यपर्ूवका ४० देशमा जियोनीले वाषिर्क २ करोड ५० लाख हृयाण्डसेट बिक्री गर्दै आएको जियोनीले बताएको छ । १५०० युवा अनुसन्धानकर्ता र अविस्कारकर्ताहरुको समूह जियोनीको मुख्य बिशेषता भनेकै आफ्नै डिजाइन, आफ्नै उत्पादन र आफ्नै अनुसन्धान तथा विकास हो । करिव आठ हजार जनशक्ति कार्यरत कम्पनीले बाषिर्क ४ करोड हृयाण्डसेट उत्पादन गर्छ जसले निकट भविष्यमा उत्पादन क्षमता दोब्बर बनाउँदै छ । यो कम्पनी १६० मिलियन डलरमा स्थापना भएको हो । टेलिटकले नेपाली बजारमा कलर्स र स्पाइस मोबाइल आधिकारिक रुपमा बिक्री वितरण गर्दै आएको छ । नेपालमा कलर्स र स्पाइसको बजार घटेर नभई उत्कृष्ट ब्रान्डलाई नेपाली बजारमा भित्राउन जियोनी कम्पनीसँग साझेदारी गरेको प्रबन्ध निर्देशक गुप्ताले बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु