लुम्बिनी बौद्ध विश्वविद्यालयमा कानुन संकायको पढाइ सञ्चालन

२०७६ भाद्र १८ गते, बुधबार

काठमाडौं , १८ भदौ । बौद्ध शिक्षा र दर्शनको अध्ययन अनुसन्धानको लक्ष्यसहित १४ बर्षअघि स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालयले कानुन संकायको पढाइ समेत सञ्चालन गरेको छ । विश्वविद्यालयले रुपन्देहीमा स्नातक तहमा बिए एलएलबी विषय पढाउन विश्वविद्यालयले भर्नासमेत खुलाई सकेको छ । त्यसका लागि प्रदेश ५ सरकारले नै सहयोग गरेको छ ।
प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल प्रदेशको विश्वविद्यालय नभएको अवस्थामा विद्यार्थीको सहजताका लागि कानुन विषय पढाउनका लागि आर्थिक सहयोग गरेको बताउँछन् । स्कुल अफ डेभलपमेन्ट स्टडिज र एप्लाइड साइन्स संकाय थपेर विश्वविद्यालयले उद्देश्य विपरित ट्राभल्स एण्ड टुरिजम, वातावरण, विकास, वन विज्ञानलगायतका थप १० वटा विषयमा पनि पढाइ सञ्चालन गर्न लागेको छ ।
यता विश्वविद्यालयका उपकूलपति हृदयरत्न बज्राचार्य भने पढाइ हुने हरेक विषयहरु विश्वविद्यालयको मूल मर्ममा रहेर सञ्चालन हुने दावी गर्छन । लुम्बिनी बौद्ध विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी देवदहमा करिब एक सय बिगाहा जमिनमा भौतिक पूर्वाधार निर्माण गर्ने तयारी समेत थालेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु