रुकुम तरकारी विउ उत्पादन तथा बिक्री वितरणमा उत्कृष्ट

२०७४ माघ ९ गते, मंगलवार

काठमाडौं, ९ माघ । रुकुम पश्चिमको समशितोष्ण तरकारी वीउ उत्पादन केन्द्र चाँपा नेपालकै उत्कृष्ठ उत्पादन केन्द्रमा परेको छ । केन्द्रले ९० रोपनीमा लगाइएको तरकारी वीउवाली अहिलेसम्म उत्कृष्ठ हुँदै आइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएकोे छ । मूल वीउ तथा उन्नत वीउ उत्पादन हुने चाँपामा हाल काउली, मूला, रायो, केराउ, प्याज, गोलभेंडा, चम्सुर, धनियाँ, सलगमलगायतका विभिन्न तरकारी वीउबाली लगाइएको छ ।
तरकारी वीउ उत्पादनका लागि नेपालकै पकेट क्षत्र मानिएको चाँपाले गत आर्थिक वर्षमा मात्रै ४ मेट्रिक टन तरकारी वीउ उत्पादन गरेको थियो । ९० रोपनी जमिनमा विभिन्न जातका तरकारीको नर्सरी तयार गरी केन्द्रले मूल तथा उन्नत वीउ उत्पादन गरेर कृषकलाई सहुलियत मूल्यमा तरकारी वीउ बिक्री गर्दै आएको छ । केन्द्रले विभिन्न जातका १६ थरी तरकारीको मूल वीउ उत्पादन गरी बर्षेनी २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार