राष्ट्र संघका पूर्व महासभा प्रमुखविरुद्ध भ्रष्टाचारको अभियोग

२०७२ आश्विन २० गते, बुधबार

काठमाडौं,२० असोज । संयुक्त राष्ट्रसंघका पुर्व महासभा प्रमुख जोन आशेलाई भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरिएको छ । राष्ट्रसंघको जेनरल एसेम्ब्ली प्रमुखको पदमा रहँदा आशेले एक चिनिया कम्पनीसँग घुस लिएको आरोप अमेरिकी अभियोजनकर्ताहरुले लगाएका छन् ।
चिनियाँ कम्पनीलाई एक सरकारी ठेक्का दिँदा आशेले १३ लाख अमेरिकी डलर घुस लिएको दावीसहित अमेरिकामा मुद्दा दायर गरिएको हो । आशेले राष्ट्रसंघ जस्तो गरीमामय संस्थालाई आर्थिक अनियमितता र घुसखोरीको अखडा बनाएको आरोप लगाइएको छ । राष्ट्रसंघका महासचिव बान कि मुनले यो समाचारप्रति आश्चर्य जनाउँदै आफू अत्यन्तै दुखी भएको प्रतिक्रिया दिएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु