राईनासकोट गढी मर्मत

२०७४ फाल्गुन २३ गते, बुधबार

काठमाडौं, २३ फागुन । नेपाली सेना श्रीजंग गणले लमजुङको राईनासकोटमा रहेको ऐतिहासिक गढी मर्मत गरेको छ । राईनासकोट गढीमा भत्किएको पर्खालको मर्मत तथा सरसफाई गरिएको श्रीजङ गणका गणपती माधव थापाले जानकारी दिए । जीर्ण संरचना मर्मत गर्न ३० जनाको टोली खटाइएको थियो । मर्मतका लागि आवश्यक सामाग्री पनि श्रीजंग गणले नै जुटाएको थियो । केही दिनअघिमात्रै नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीले सो गढीको स्थलगत अवलोकन गरेका थिए ।
ऐतिहासिक गढीका संरचना भत्किएको देखेपछि प्रधानसेनापति क्षेत्रीले मर्मत गर्न श्रीजंग गणलाई निर्देशन दिएका थिए । गोरखाको लिगलिगमा विजय प्राप्त गर्नुअघि राजा द्रव्यशाहको बासस्थान गढी रहेको राईनासकोटको ऐतिहासिक एवं धार्मिक महत्व छ ।

प्रतिक्रियाहरु