याराग्लाइडिङप्रति आकर्षण बढ्दै

२०७१ मंसिर १३ गते, शनिबार


काठमाडौँ । राजधानी काठमाडांै र सिन्धुपाल्चोकको सिमानामा पर्ने लप्सेफेदीमा प्याराग्लाइडिङ खेल सञ्चालनमा आएपछि आन्तरिक तथा बाहृय पर्यटक लोभिएका छन् । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य र पर्यटकहरूलार्इर्र्भरपुर मनोरञ्जन दिने हेतुका साथ केही दिनदेखि सञ्चालनमा आएको प्याराग्लाइडिङले राजधानीको ग्रामीण भेग लप्सेफेदी, नाङ्लेभारे गाविस र सिन्धुपाल्चोकको पर्यटन सम्भावनलार्इ उजागर गरेको स्थानीय पुरुषोत्तम कार्कीले जानकारी दिए । सिन्धुपाल्चोक र राजधानीको सीमानमा लप्सेफेदीको देउरालीडाँडाबाट साहसिक खेल प्याराग्लाइडिङ उडान गरेर लप्सेफेदी र नाङ्लेभारेका विभिन्न गाउँ हुँदै सिन्धुपाल्चोकको भोटेचौर, थकनी गाविसको आकाशमा उडान गरी काठमाडौंको नाङ्लेभारे गाविसको पटावमा अवतरण गरिएको प्याराग्लाइडिङ सञ्चालक कुशल थापाले बताए । शंकरापुर अस्पताल जोरपाटीको शंकरापुर प्याराग्लाइडिङ प्राइभेट लिमिटेडद्वारा प्याराग्लाइडिङ सञ्चालनमा आएसँगै राजधानी आसपासका जिल्लाका आन्तरिक पर्यटकहरू पोखराको सारङकोट र बन्दीपुर छाडेर लप्सेफेदीतिर होमिएका छन् भने विदेशी पर्यटकहरू पनि आउन थालेको सञ्चालक समितिले बताएको छ । शंकरापुर प्याराग्लाइडिङ प्राइभेट लिमिटेडले केही दिनअघि मात्र प्याराग्लाइडिङको नियमित उडान थालेपछि हिमालको दृश्यावलोकनमा रमाएर चिसो मौसमको आलिङगनमा हावामा कावा खाँदै प्याराग्लाइडिङको मज्जा लुट्ने धेरै पारखीहरू यतिखेर उत्साहित छन् । तीन करोडको लगानीमा थालिएको साहसिक खेल प्याराग्लाइडिङ लप्सेफेदीको देउरालीडाँडाको २३ सय मिटर उचाइबाट उडानपछि दुइ सय मिटर माथि हुँदै सिन्धुपाल्चोकको भोटेचौरको एभरेस्ट चिया बगान, सिन्धु हिमशृंखला, इन्द्रावती खोला, पाल्चोक ककनी, शेलम्बुको शिर, गिरानचौर, नगरकोट र राजधानीलगायत सहरहरूको मनोरम दृश्यावलोकनले प्याराग्लाइडिङ खेलाडीको मनै चंगा बनाइदिन्छ । भोटेचौरकी स्थानीय विनिता खतिवडाले प्याराग्लाइडिङमा रमाउन आएका पर्यटकहरू भोटेचौरको एभरेस्ट चिया बगान आई र्फकने गरेको बताइन् । पर्यावरणीय दृष्टिले लोभ लाग्दो र मनोरम रहेको यस भेगमा पछिल्लो समय प्याराग्लाइडिङ सञ्चालनमा आएपछि त झन् यस क्षत्र र्’पर्यटकीय हब’ बन्दै गएको छ । प्याराग्लाइडिङको मज्जा लुट्न प्याकेजमा आउने आन्तरिक पर्यटकहरूलार्इर्र्सञ्चालक समितिले राजधानीको जोरपाटीबाट लिफ्ट गरी प्याराग्लाइडिङ उडानस्थल देउरालीमा पुर्याइ हावामा सयर गराउँदा प्रतिव्यक्ति ५ हजार ५ सय लाग्ने र बाहृय पर्यटकका लागि त्यसैगरी उडान गरेको ८ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने सञ्चालक समितिका बोर्ड सदस्य रमेश ढकालले जानकारी दिए । प्यारग्लाइडिङ सञ्चालनमा आएपछि भोटेचौर, थकनी, लप्सेफेदी र नाङ्लेभारे आसपास पर्यटकीय गन्तव्य बन्दै गएको छ भने पर्यटन सम्भावना र आर्थिक समृद्धि झन फराकिलो हुँदै गएको छ । केही समय उडान परीक्षण सकिएपछि भारतबाट प्याराग्लाइडिङको दक्ष पाइलट ल्याएर पर्यटकलार्इर्र्निर्धक्क मनोरञ्जन दिइरहेको बोर्ड सदस्य ढकालले बताए । प्याराग्लाइडिङ खेलसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनका लागि प्याराग्लाइडिङ अवतरणस्थल नाङ्लेभारे गाविसको पटावमा शंकरापुर प्याराग्लाइडिङ प्राइभेट लिमिटेडको पहल र स्थानीयको सक्रियतामा होमस्टे सञ्चालनसमेत गरिएको छ । अहिले होमस्टे सञ्चालनमा लागि ५ घर परिवारले लाइसेन्स लिएको र यो क्रम बढ्न रमेशले बताए । अहिले प्याराग्लाइडिङको दैनिक ६ उडान रहेको र यो क्रम विस्तार गर्दै लैजाने सञ्चालक समितिले बताएको छ । सहासिक खेलको सञ्चालनसँगै यस भेगको होटल सञ्चालनमा स्थानीय युवाहरूसमेत तम्सिएका छन् भने सञ्चालन हुँदै आएका रिसोर्टहरू भने पर्यटक आउने क्रमको वृद्धिलार्इर्र्ध्यानमा राखेर सेवा विस्तार गुणस्तर बढाउने तयारी गरिहेका छन् । भोटेचौरमा रहेको नेसनल माउन्ट भ्यू-रिसोर्टका प्याराग्लाइडिङ सञ्चालक समितिले समन्वय गरी एकीकृत प्याकेज उपलब्ध गराउने गर्छ । पर्यटकीय आगमन र यसको प्रभावलार्इर्र्ध्यानमा राखेर थप लगानीमा केही समयमै सुविधा सम्पन्न रिसोर्ट सञ्चालन गरिने प्याराग्लाइडिङ प्राइभेट कम्पनी लिमिटेडले जनाएको छ । यस क्षेत्रको अर्थिक समृद्धिमा पर्यटनले सघाउने विश्वास स्थानीयले लिएका छन् ।

प्रतिक्रियाहरु