यस्तोपनि विज्ञापन !

२०७१ चैत्र ९ गते, सोमबार

काठमाडौँ । रोमानियाकी एडेलिना अबलु कुनै पनि प्रकारको रिलेशनसीप चाहँदिनन् । उनी एक स्वतन्त्र महिला हुन् । त्यसैले उनलाई एउटा यस्तो पुरुष चाहिएको छ जसले उनीसँग यौन सम्बन्ध कायम गरेर मात्र बच्चा दिन सकोस् ।
पश्चिमी रोमानियाको टिमिसौराकी एडेलिनाले त्यसका लागि फेसबुकमा विज्ञापन दिएकी छन् । उनले पुरुषहरुलाई अफर दिएकी छन् कि ३५० पाउण्डमा उनीसँग यौन सम्बन्ध कायम गरेर एक बच्चा दिने पुरुष चाहिएको छ।
उनले बच्चाको अधिकार मात्र आफूसँग रहने र अरु कसैले दावी गर्न नपाउने बताएकी छन् । एडेलिनाले दावी गरेकी छन् कि उनमा ब्वाईफ्रेण्ड वा श्रीमानमा कुनै रुची छैन । किनभने पुरुष साह्रै नै अपरिपक्व हुने गर्दछन्।
उनले विज्ञापनमा लेखेकी छन्–पुरुषसँग भेटघाट गर्न कुनै समस्या छैन । तर मलाई यस्तो पुरुष चाहियो जसले बच्चा दिन सकोस् । त्यो पनि बिना अर्थको रिलेशनसीपमा मेरो समय खराब नगरिकन । म यसका लागि मूल्य चुकाइरहेकी छु । ३५० पाउण्डमा तपाई मजा लिनुहुनेछ, र म एउटा बच्चा पाउनुछु ।
एडेलिनाले अगाडि लेखेकी छन्–जुन पुरुषले आफ्नो फर्टिलिटी टेस्ट गराइसकेको छ बच्चा जन्मेपछि पुरै अधिकार मलाई दिन तयार छ त्यस्ता पुरुषलाई स्वागत छ ।
उनले भनेकी छन्–पुरुषहरु साह्रै अम्मेच्योर हुन्छन् उनीहरु मात्र आफ्नो बारेमा मात्र सोच्छन् ।
एडेलिनाले भनिन्–म एक गम्भीर, स्वतन्त्र र मैच्योर महिला हुँ । मलाई बच्चा चाहिएको छ । बच्चाको जस्तो व्यवहार गर्ने कुनै पुरुष होइन ।
यो विचित्रको अनलाइन विज्ञापनका लागि उनको खुब सराहना भइरहेको छ। अनलाइन कमेन्टेटरहरुले भनेका छन्–खुब राम्रो, पुरुषका लागि स्वयमलाई बदल्नु । उनीहरुले भनेका छन् कि पुरुषलाई थाहा छैन कि महिलाहरु कसरी त्याग गर्दछन्।
एक इन्टरनेट युजर पेट्र मानेक्सुले लेखेका छन्–म तयार छु । कहिले र कहाँ ? अन्य एक युजरले लेखेका छन्–म बिना पैसा यो काम गर्न सक्छु । किनभने तिमी खुब हट छ्यौ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु