मोदीले लोकसभाको चमेना गृहमा खाना खाएपछि

२०७१ फाल्गुन २० गते, बुधबार

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभाको चमेना गृहमा खाना खाएपछि उक्त विषयले भारतभर तहल्का मच्चिएको छ । धेरै मानिस आश्चर्यचकित भएका छन् । भारतको इतिहासमा प्रधानमन्त्रीले लोभसभा क्यान्टिनमा खाना खाएको यो पहिलोपटक हो । राजीव गान्धीले एकपटक क्यान्टिनमा खाना खाए पनि त्यतिबेला उनी प्रधानमन्त्री भएकै थिएनन् ।
मोदीले सोमबार दिउँसोको खाना क्यान्टिनमा खाएका थिए । उनले भेज थाली खाएको क्यान्टिन सञ्चालकलाई उद्धत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । मोदीले भेज थालीको मूल्य २९ रुपैयाँ तिरेका थिए । खाना खाएपछि मोदी आफैंले पैसा तिरेका थिए ।
उनले खल्तीबाट एक सयको टोन झिकेर दिएका थिए । ७१ रुपैयाँ फिर्ता लिएर मोदी गन्तब्यमा लागेको क्यान्टिन सञ्चालकले बताए । मोदीले क्यान्टिनको आगन्तुक पुस्तिकामा ‘अन्नदाता सुखी भव’ लेखेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु