मेयरको गाडीमा आगजनी

२०७६ जेष्ठ १ गते, बुधबार

काठमाडौँ, १ जेठ । अछामको मङ्गलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहराको गाडीमा मध्यराति आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार नगरप्रमुख चढ्ने बा २ झ ३६९४ नम्बरको गाडीमा गएराति २ः१५ बजेतिर आगजनी भएको हो । उक्त गाडी नगरपालिका परिसरमा पार्किङ गरी राखिएको अवस्थामा आगजनी भएको बताइएको छ । उक्त गाडी एक वर्षअघि नगरपालिकाले करिब एक करोड २० लाखमा खरिद गरेको थियो।
गाडीमा आगजनी भएको खबर पाएलगत्तै त्यहाँ प्रहरी परिचालन गरिएको भएपनि रातको समय भएकाले गाडी पूर्णरूपमा जलेर ध्वस्त भएको बताइएको छ । आगजनी कस्ले किन गर्यो भन्ने अहिलेसम्म खुल्न भने सकेको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार