मिथिला मध्यमा परिक्रमा सम्पन्न

२०७६ फाल्गुन २६ गते, सोमबार

काठमाडौं, २६ फागुन । १५ दिने मिथिला मध्यमा परिक्रमा आज सम्पन्न भएको छ । मिथिलाको ’महाकुम्भ’ मानिने परिक्रमाका सहभागिहरुले आज अन्तिम दिन जनकपुर नगर क्षेत्रको परिक्रमा गरेका थिए । फागुन शुक्ल प्रतिपदादेखि शुरु भई फागुन पूर्णिमासम्म गरिने यो परिक्रमामा भक्तजनहरुले नेपाल भारतको विभिन्न १५ स्थानको १५ दिनसम्म पैदल हिंड्ने गर्छन् । यो परिक्रमा गर्नाले मनले चिताएको प्राप्त हुने जनविश्वास छ । परिक्रममा नेपाल भारतका विभिन्न मठ मन्दिरमा डोलासहित भक्तजनहरुको सहभागिता रहने गरेको छ । परिक्रमामा सहभागीहरुले १५ दिनका लागि चाहिने खाद्यान्नलगायतका सामग्री आफै लिएर हिंड्ने गर्छन । हरेक वर्ष हुने परिक्रमामा नेपालतर्फ १ सय ५ र भारतमा २८ किलोमिटर गरी १ सय ३३ किलोमिटर दूरी पूरा गर्ने गर्दछन् ।

प्रतिक्रियाहरु