मष्तिस्कघातबारे जानी राखौ – डा. हेमराज कोइराला

२०७१ मंसिर १३ गते, शनिबार

मष्तिस्कको कार्यक्षमतामा अचानक आएको ह्रासलार्इर्र्चिकित्सकीय भाषामा मष्तिस्कघात भनिन्छ । मष्तिस्कघात भएका अधिकांश बिरामीहरूलार्इर्र्पक्षघात पनि हुनेहुँदा यो रोगलार्इर्र्पक्षघात, प्यारालार्इर्र्सस, लकुवा जस्ता नामले पनि संबोधन गरिन्छ। हृदयघात पछि मृत्युको दोस्रो मूख्य कारण वनेको मष्तिस्कघात अस्पतालहरूको सघन उपचारकक्ष -आईसियु) प्रवेशको र विश्वब्यापि विकलाङ्गताको प्रमूख कारण पनि हो । विश्व स्वस्थ्य संगठनले र्सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वभर हरेक बर्ष एक करोडÞ पचास लाख मानिसहरू मष्तिस्कघातको शिकार हुन्छन् । जसमध्ये पचास लाख मानिसहरू यही रोगको कारण यो लोक छोड्न बाध्य छन भने पचासलाख विकलाङ्गी भएर नरकीय जीवन जीउन बाध्य छन् । बाँकी रहेका पचास लाख मध्ये १५ लाख चिकित्सकीय सेवा पश्चात सामान्य जीवनमा फर्किएका छन् भने ३५ लाख सामान्य विकलांगताका साथ बचिराहेका छन् । अप्रत्यासित रुपमा अपर्झट हुने, तत्कालै ज्यान जान पनि सक्ने र वा“चिहाले पनि अधिकांश विकलाङ्ग, परनिर्भर र पराश्रीत भएर वा“च्नुपर्ने यो समस्यको मूख्य कारण भने मष्तिस्कको रक्तसंचारस“ग सम्वन्धित छ । मष्तिस्कलार्इर्र्रक्त आपूर्ति गर्ने धमिनीहरू फुटेर रक्तस्राव भइ वा रक्तनली भित्रै खुनको थक्का जमेर वा अन्य कारणले रक्त नली थुनिएर स्नायु तन्तुहरूमा भोजनवाट प्राप्त पोषक तत्वहरू र प्राणवायु अक्सिजन आपूर्ति हुन नसक्दा तन्तुहरू मर्न जाने समस्यालार्इर्र्मष्तिस्कघात भनिन्छ । मष्तिस्क हाम्रो शरीरको केन्द्रिय नियन्त्रण कक्ष हो भने सम्पूण्ा मानसिक क्रियाहरूको प्रोसेसिङ एकाइ पनि हो । मष्तिस्कघात हुदा नष्टभएका स्नायुतन्तुहरूले गर्ने कार्य सूचारु हुन नसक्दा ज्यानै जाने वा बाचेका हरूमा शरीर, मन र भावनास“ग सम्वन्धित समस्यहरू देखापर्दछन् ।
मष्तिस्कघात सम्बन्धि यिनै तथ्य तथ्यांक र आंकडÞाहरूको कहाली लाग्दो यथार्थताको धरतालमा उभीएर आज हामी विश्व मष्तिस्कघात दिवश मनाई रहेका छौ । यूरोपीय मष्तिस्कघात संगठन को तत्वावधानमा १९९० देखि मनाउँन सुरूगरिएको यो दिवशलार्इ २००४ मा क्यानडा को वैंकोवर शहरमा भएको विश्व मस्तिस्कघात कांग्रेसले मान्यता प्रदान गरेको थियो र तत्पश्चात ओक्टुबर महिनाको २९ तारिक लार्इर्र्विश्व मष्तिस्कघात दिवश का रूपमा मनाईदै आईएको छ । मष्तिस्कघात बाट हुने मृत्यु लार्इर्र्न्यूनीकरण गर्ने र यो रोग लागेर नारकीय जीवन बची रहेका हरूलार्इ सामान्य जीवनमा पुनर्स्थापना गर्न आवश्यक पर्ने संपूण कार्यहरू गर्दै जाने लक्ष्य राखेको यो कार्यक्रमलार्इ भव्यता पूवक मनाऊनु र यसका सन्देश हरूलार्इ आत्मसात गर्नु हामी सबैको कर्तव्य हो ।
कसलाई हुने संभावना ज्यादा छ –
५० वर्षउमेर नाघेका, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोलका समस्य भएकाहरू, उपरोक्त रोगहरूका औषधि कहिले खाने कहिले छाड्नेहरू, अति व्यास्त जीवनशैली जीउनेहरू, तनाव, चिन्ता, शोकमा परेकाहरू, मुटु तथा रक्तसंचारसम्वन्धि समस्या जस्तै, एटि्रयल-फि्रविलेशन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्वोसिस, एन्युरिजम, पुरानो माइग्रेन भएकाहरूमा मष्तिस्कघातको जोखिम उच्च हुन्छ । यसवाहेक रक्तस्राव सम्वन्धि समस्य जस्तै, घाउ हुदा रगत वगेको वगेकै हुने वा नसाभित्रै रगत जम्ने रोग भएकाहरू, गर्भनिरोधक औषधि खाने महिलाहरू, परिवारमा मष्तिस्कघातका इतिहास भएकाहरू, टायप ‘ए’ व्यक्तित्व भएकाहरू, हालसालै अथवा पुरानो मष्तिस्क संक्रमणले ग्रस्त रोगीहरूमा मष्तिस्कघात ज्यादा देखिएको छ ।
मष्तिस्कघातका लक्षणहरू
अचानक सहनै नसक्नेगरी छुट्टै तरिकाले टाउको दुख्नु, रिंगटा लाग्नु, शारीरिक सन्तुलन विग्रिएर ढल्नु, शरीररको एकपाटोमा झमझम गर्नु, निदाउनु वा कमजोरी देखापर्नु, होस हराउनु, एकाएक दृष्टि धुम्मिनु वा वन्द हुनु, वोली लट्पटिनु वा वोल्न नसक्नु, पसिना छुट्नु, वान्ता हुनु मष्तिस्कघातका लक्षणहरू हुन् ।
मष्तिस्कघात आपतकालीन स्थिती भएकाले माथि उल्लेखित लक्षण देखिन वित्तिकै विरामीलाई जति सक्दो चाढो अस्पताल पुर्याउन सकियो, त्यती नै धेरै वचाउन वा विकलाङ्ता कम गराउन सकिन्छ । मष्तिस्कघातको आपतकालीन अवस्थालाई सम्हाल्न न्युरोलोजिष्टहरूको टिम नै चाहिन्छ भने रेडियोलोजिष्ट र प्याथोलोजिष्टहरूको पनि उत्तिकै भूमिका हुन्छ । घातको प्रकृति, प्रकार र क्षत्रि्रस्त स्थान थाहा पाउन सिटि स्क्यान, एमआरआइ, ट्रन्सक्रेनियलडोपलर, केरोटिटडोपलर जस्ता विकिरणिय निदान पद्धती अपनाइन्छ भने रक्त तथा मुत्र परीक्षणवाट रोगको कारण थाहा पाउन सकिन्छ । आपतकालीन व्यवस्थापनका लागि सघन उपचारकक्ष हुन नितान्त जरुरी छ । घातका प्रकृति र कारण थाहा पाएपछि खतराको स्थितीको आधारमा औषधि वा अप्रेसन द्वारा उपचार अगाडि वढाइन्छ ।
मष्तिस्कघातपछिका समस्यहरू
सघन तथा आपतकालीन उपचार पश्चात पनि १५ प्रतिशत विरामीलार्इर्र्वचाउन सकिएको छैन । वाचेका मध्ये १० प्रतिशत पूण् सकुशल हुन सकेका छन् भने ७५ प्रतिशतमा सामन्य, मध्यम, परनिर्भर हुनुपर्ने, निरन्तर चिकित्सा सेवा लिन पर्ने खालका विकलङ्गता देखा पर्दछ । मष्तिस्कघातले आघात पुर्याएको स्नायुकेन्द्रको स्थिती र व्रेन ड्यामेजको प्रकृतिको आधारमा विभिन्न शारीरिक तथा मानसिक विकृतिहरू देखा पर्दछ जसमध्ये प्यारालाईसिस मूख्य हो । अन्य समस्यहरूमा एकापटिका हात खुट्टा वा अनुहारमा झमझमाहट, भारीपन वा कमजोरी देखिनु,खान चपाउन, निल्न र स्वाद पाउन गाह्रो हुनु र्स्पर्शादि शारीरिक संवेदना थाहा पाउने नहुनु, दृष्टि धुम्मिनु वा वन्द हुनु, मुड परीवर्तन भइरहनु, स्मरणशक्ति, एकग्रता वा चेतनाको स्तरमा परीवर्तन देखिनु र भावनात्मक रुपमा कमजोर हुने जस्ता समस्य आउन सक्छ ।
उपचार
आपतकालीन उपचार पश्चात मष्तिस्कघात फेरी हुन नदिन यसका जोखिमहरूको निदान गरेर नियमित रुपमा चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्छ भने घात पछि देखिएको विकलाङ्गताको निवारण गर्न पुनस्थापना नितान्त जरुरी छ । सहि समयमा पुनस्थापना हुन सकेमा विकलाङ्ता कम गराएर परनिर्भर हुनवाट वचाइ दैनिक जीवनका कठिनाइहरू हटाउदै बिरामीलार्इर्र्स्तरिय जीवन दिन सकिन्छ । पर्ूनस्थापना पनि चिकित्सक, फिजियोथेरापिष्ट, नर्सिङस्टाफ, स्पीचथेरापिस्ट, मनोवैज्ञानिक, योगगुरु, घरका सदस्यहरू र सहयोगीहरूको सामूहिक प्रयास हो । एक्सरसाइजथेरापी, इलेक्ट्रोथेरापी र स्पिचथेरापी जस्ता उपचारहरू स्थिती हेरेर सघन उपचार कक्षवाटै सुरु गर्नुपर्ने पनि हुन सक्छ । प्यारालाईसिस भएकाहरूलार्इर्र्कहिले पनि असाध्य सम्झेर घरमा थन्क्याएर राख्न हुदैन, जतिसक्दो चाढो पर्ुनस्थापना केन्द्रमा लगेर उपचार गराउनु पर्छ । केन्द्रमा चिकित्सकहरूले रोगीको सम्पूण अवस्था जा“च गरी मष्तिस्कघातले ल्याएको विकलाङ्गतालार्इर्र्राम्रोस“ग केलाएर त्यसका निवारणका लागि थरीथरीका थेरापी र विधीहरूको प्रयोग गर्छन् । ति मध्ये एक्टिभ र प्यासिभ एक्सरसाइज, पिएनएफ एक्सरसाइज, मशल स्ट्युमुलेशन, तेल मालिस, अकुपंचर, गेट-ट्रेनिङ, मनोपरामर्श, स्पिचथेरापी, दिसापिसावको सम्हार, नर्सिङ केयर जस्ता उपचार पर्दछन् ।
सावधानी तथा वच्ने उपायहरू
१. ४० वर्षउमेर पुगेपछि नियमित रक्तचाप, मधुमेह, कोलेस्टेरोलको जा“च गराउने गरौं । जोखिम भएको पाइएमा यसलाई नियन्त्रण गर्न चिकित्सकको सल्लाह अनुसार औषधि खाऔं वा जीवनशैली परिवर्तन गरौं । औषधि सेवन गरी यि रोगहरू नियन्त्रित भएपनि आफुखुशी औषधि खान छाड्ने नगरौं ।
२ धुम्रपान, मद्यपान, सूर्ति र नशालु पदार्थको सेवन नगरौं ।
३ शरीरको तौललार्इर्र्आफ्नो कद अनुसार नियन्त्रणमा राखौं ।
४. नियमित हल्ला व्यायम गर्ने वानी वसालौ तर जोखिममा परेकाले भुलेर पनि कठीन व्यायम गर्नु हुदैन ।
५. स्वस्थ्यकर खाना खासगरी मसिनो मीठो भन्दा खस्रो मोटो खाना, हरियो सागसव्जी, फलफूल, रेसा र चोकर युक्त भोजनलार्इर्र्प्रश्रय दिऔ । तेल, घिउ, वोसो जस्ता चिल्ला पदार्थहरू कम खाऔं । भिटामिन इ युक्त पदार्थहरूलार्इर्र्खानामा अवश्य समावेश गरौं ।
६. तनावलार्इर्र्वाई-वाई गरौं । विश्रामलार्इर्र्वेलकम गरौं । भावनाहरूलार्इर्र्वशिभूत गरौं । जोखिमपूण जीवनशैली र व्यक्तित्व भएकाहरूले जीवनशैली पर्रीतन गरौं ।
७. चिसोवाट जोगिऔं । चिसोमा रक्तनलीहरू सा“घुरिएर रक्तचाप वढ्न गई मष्तिस्कघातको समस्य ज्यादा देखिन्छ ।
८ं मष्ितकघातका जोखिम मानिने शारीरिक समस्यहरू जस्तै नसा भित्रै रगत जम्ने रोग, मुटु तथा रक्तसंचार सम्वन्धि रोग जस्तै एटि्रयल-फि्रविलेशन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्वोसिस, एन्युरिजम, लेफ्ट भेन्टि्रकुलार डाइलाटेशन जस्ता समस्यहरूको वेलैमा निवारण गर्नतिर लागौं ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु