मजदुरहरुले आन्दोलन चर्काए

२०७५ श्रावण ३१ गते, बिहीबार

काठमाडौं, ३१ साउन । कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ लगायत विभिन्न दल सम्बद्ध १४ वटा ट्रेड युनियनले सरकारले जारी गरेको नयाँ श्रम ऐनको विरुद्ध सङ्घर्ष थालेका छन् । १४ वटा ट्रेड युनियनको संयुक्त सङ्घर्ष समितिले हालको श्रम ऐन र निमावलीले नेपालको श्रमिक मजदुरहरुको सम्बोधन गर्न नसकेको भन्दै सरकार विरुद्ध सङ्घर्ष थालेका हुन् ।
यसैक्रममा बुधबार मजदुरहरुको विशाल जुलुस काठमाडौँको विजुलीबजार हुँदै माइतीघर मण्डलामा आइ विशाल मजदुर सभामा परिणत भएको थियो । मजदुर विरोधी श्रम ऐन खारेज गर !, सामाजिक सुरक्षाको ग्यारेन्टी गर !, मजदुर विरोधी होटेल सम्झौता खारेज गर !, श्रम मन्त्रीले राजीनामा दे ! मजदुरको न्युनत्तम पारिश्रमिक २२ हजार लागु गर !, मजदुरको हकहितको ग्यारेन्टी गर !, मजदुर विरोधी सरकार मुर्दावाद !, जस्ता नाराहरु सडकमा घन्किएका थिए । उक्त कार्यक्रमलाई संयुक्त ट्रेड युनियन महासङ्घका मजदुर नेताहरुले सम्बोधन गरेका थिए ।
सरकारमा रहेका केही दलाल ट्रेड युनियन र अन्य पक्षहरु मिलि बनाएको ऐनले मजदुरहरुलाई फेरि पनि दासत्व जीवन बाच्नलाई बाध्य बनाएको भन्दै नयाँ श्रम ऐनको खारेजीको माग गरेको छ । सरकारले श्रमजीवी नेपाली मजदुरहरुलाई वेवास्ता गरेको, महङ्गी र अभावमा नेपाली मजदुरहरु पिल्सिन बाध्य बनाएको, श्रमिकको हित भन्दा पनि दलाल पुँजीपति वर्गको सेवामा लागेको भन्दै आगामि दिनहरुमा अझै सशक्त ढङ्गबाट मजदुर आन्दोलन चर्काउनु पर्ने, मजुरको पूर्ण ग्यारेन्टी र मुक्तिको लागि मजदुर विरोधी सरकारको चौतर्फि भण्डाफोर गर्दै अगाडि बढ्नु पर्ने मजदुर नेताहरुले बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार