भूकम्प पीडितहरु चितवन बसाइ सर्दै

२०७२ जेष्ठ १५ गते, शुक्रबार

काठमाडौं, १५ जेठ । गत बैशाख १२ गते र २९गते गएको विनासकारी भुकमपबाट पिडित गोरखाको बारपाक र लाप्राक लगायतका गाउँका भूकम्प पीडितहरु चितवन बसाइ सरेका छन् । बारपाक र लाप्राक लगायतका गाउँका भूकम्प पीडितहरुले चितवनको भरतपुरमा करिब १० विघा निजी जग्गामा टहरा बनाउन थालेका छन । भरतपुर उपमहानगरपालिका-१३ कैलाशनगरस्थित चितवन मेडिकल कलेजको पछाडिपटि्टको जग्गामा भूकम्प पीडितलाई टहरा बनाइएको छ । गोर्खाका बारपाक, लाप्राक, मकवानपुर, दोलखालगायत स्थानका भूकम्प पीडितलाई वर्षायाममा समस्या नपरोस् भनेर सो जग्गामा बस्ने व्यवस्था मिलाइएको स्थानीय रुद्र भट्टराईले बताए ।
‘भूकम्प पीडितहरुलाई सुरक्षित स्थानमा पुनर्वासको व्यवस्था सरकारले गर्नुपर्ने हो तर गरेन,’ भट्टराईले भने, ‘वर्षा लाग्न थालिसक्यो, त्यही भएर हामीले नै गर्‍यौं ।’ उनले यो अस्थायी पुनर्वास भएको स्पष्ट पारे ।सो जग्गामा साढे ५ सय जतिलाई बसाल्ने योजना रहेको भट्टराईले बताए । त्यहाँ हाल ३०-४० वटा टहरा बनिसकेका छन् । टहरा बनाउन भूकम्पपीडित र स्थानीय राजनीतिक दलका नेता-कार्यकर्ता खटिएको बुझिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार