भारतिय सुरक्षकर्मीको कुटपिटमा मृत्यु भएका शाहीको दाहसस्कार

२०७२ श्रावण ११ गते, सोमबार

काठमाडौं, ११ साउन । बर्दिया जिल्लाको जमुनि फुटाह नाकाहुदै नेपाल भारत सिमावर्ती क्षेत्र बहराइच जिल्लाअन्र्तगत भृगियका भारतिय सिमा सुरक्षा बल(एस.एस.वि.)को साउन ५ गतेको कुटपिटको घटनाबाट मृत्यु भएको भनि आशंका गरिएका खड्गबहादुरशाहीका परिवार न्यायका लागी भौतारि रहेका छन् ।
न्यायको प्रक्रिया बारेमा केही थाहा नहुँदा उनीहरु अलमल्लमा परेका हुन् । मृतकका काका मनबहादुर शाहीले न्यायको लागि कसरी, कहाँ जाने बारे नै केही थाहा नभएको र यसका लागि नेपाल सरकारको सम्बनधीत निकायले पहल गरिदिन अनुरोध गरेका छन ।
मृतक खड्कबहादुरको पुनः पोस्टमार्टम जिल्ला अस्पताल बर्दियामा साउन ९ गते भएको छ । पीडितका आफन्तले लास बुझि आज बर्दियाको गुलरियाको भादा घाटमा दाहसंस्कार गरेका छन् । आफ्नो मान्छेको मृत्यु कुटपिट कै कारण भएको दावि उनीहरुको रहेको छ ।
पोस्टमार्टममा संलग्न डाक्टर अर्जुनदेव भट्टले लासको दाहिने आखाँमा गहिरो चोट देखिएको तर मृत्यु के कारणले भएको बारे केहि बताएनन् । खड्कबहादुरको मृत्युपछि भारतमा भएको पोस्टमार्टम रिपोर्टमा पानीमा डुवेर मृत्यु भएको उल्लेख गरिएको जानकारी डा. भट्टले बताए ।
भारतमा भएको पोस्टमार्टमा पानीमा डुवेर मृत्यु भएको उल्लेख गरिएको भए पनि स्थानिय प्रत्यक्षदर्शिहरुले आफुहरुले भारतिय एस.एस.वि.ले लखट्दै निर्मम तरिकाले कुटपिट गरेको देखेको बताउँछन् । साथै खड्कबहादुर को मृत्यु कुटपिट कै कारणले भएको दावी गर्दै पीडितको न्याय र घटनामा संग्लग्न भारतिय सुरक्षाकर्मीलाई कारवाहीको प्रक्रिया अगाडी बढाउन भारतिय सरकार समक्ष पहल गर्न नेपाल सरकार संग माग पनि गरेका छन ।
भारतमा भएको पोस्टमार्टममा डुवेर मृत्यु भएको उल्लेख भए पनि जिल्ला अस्पताल बर्दियामा गरिएको पोस्टमार्टममा दाहिने आखाँमा गहिरो चोट देखिएको र घटना भए लगत्तै स्थानिय जनताले खिचिएको फोटोर उनिहरुको भनाई को अवस्था हेर्दा र सोहि घटनामा आरोपितहरुको भनाई ले पानीमा डुवेर नभई अन्य कारणले मृत्यु भएको आशंकामा सत्य तथ्य पत्ता लगाउन आवस्यक प्रमाण र कागजात सहित कुटनैतिक पहलका लागी गृह मन्त्रालयमा पत्राचारगरि जानकारी गराएकोे जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार कुँवरले बताए ।
बर्दिया जिल्लाको जमुनि फुटाह नाकाहुदै नेपाल भारत सिमावर्ती क्षेत्र बहराइच जिल्लाअन्र्तगत भृगिया भारतिय सिमा सुरक्षा बलको कुटपिटबाट साउन ५ गते कालिकोट जिल्ला चिलखाय गा.वि.स.का २७ वार्षिय खडक बहादुर शाहीको मृत्यु भएको बताईएको छ, साथै सोही घटनामै लोक बहादुर शाही, टेक बहादुर शाही, तिर्थ बहादुर शाही र अनिल शाहीलाई भारतीय सिमा सुरक्ष बल (एस.एस.बी.) ले पक्राउ गरेको मुर्ति चोरीको आरोपमा पक्राउ गरि कानुनी कार्वाहीको लागि अगाडी बढाएको छ । – शितल थापा

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु