बिम्स्टेक सदस्य राष्ट्रहरुले किन सैन्य अभ्यास गर्नुपर्‍यो ? : रावल

२०७५ भाद्र १९ गते, मंगलवार

काठमाडौं, १९ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले ‘आर्थिक र प्राविधिक सहयोगका लागि गठन भएको बिम्स्टेक सदस्य राष्ट्रहरुले किन सैन्य अभ्यास गर्नुपर्‍यो ?’ सरकारलाई रावलले प्रश्न गरेका छन । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता रावलले बिम्स्टेक सम्मेलनमा गरिएको भारतमा बहुराष्ट्रिय सैन्य अभ्यास गर्ने निर्णय सच्याउन सरकारसँग माग गरे । सैन्य अभ्यासको निर्णय देशभक्तिमाथि आघात भएको उनको भनाइ थियो ।
बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी मुलुकहरुले भारतमा संयुक्त सैन्य अभ्यास गर्न सहमति जनाएकामा सत्तारुढ र विपक्षी दलका नेताले आपत्ति जनाएका हुन् ।
सरकारले गरेको निर्णय संविधानको मर्म र राष्ट्रियताविपरीत रहेको जिकिर रावलले गरे । छिमेकीसँग सम्बन्ध सुधार्ने बहानामा नेपालीको शीर झुक्ने, राष्ट्रिय हितमा आघात पर्ने र मुलुकको दीर्घकालीन अस्थित्वमाथि असर पार्ने छुट कसैलाई नहुने चेतावनी उनले दिए । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले संयुक्त सैन्य अभ्यास गर्ने निर्णय गम्भीर भएको भन्दै यससम्बन्धमा संसदमा प्रधानमन्त्रीसँग जवाफ मागिने बताए । प्रेस, अभिव्यक्ति र वाक स्वतन्त्रता मौलिक हक भएकाले यसमा कुनैपनि हालतमा सम्झौता गर्न नसकिने उनको भनाइ थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु