बाढी-पहिरो र डुबानमा परी ४५ जनाको मृत्यु

२०७६ असार २९ गते, आईतवार

काठमाडौं, २९ असार । प्रहरी प्रधान कार्यालयले अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी ४५ जनाको मृत्यु , २५ जना घाइते र ३३ जना बेपत्ता रहेको जनाएको छ । बाढी, पहिरो र डुवानमा परेका १ हजार १ सय ४ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी ललितपुरमा ६, भोजपुरमा ५, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३/३, धादिङ र सिन्धुलीमा २/२, पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा, चितवन, धनुषा, सुर्खेत र डोल्पालगायतका जिल्लामा पनि मानवीय क्षति भएको छ ।
त्यस्तै बाढीपहिरोमा परी मकवानपुरमा चार, धनकुटामा तीन, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २/२, खोटाङ, धादिङ, चितवन, दोलखा र रामेछापमा एक/एक गरी २५ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै सिन्धुली ६, इलाम र मोरङमा ३/३, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौँ र ललितपुरमा एक÷एक जना गरी ३३ जना बेपत्ता भएका छन् । सुरक्षाकर्मीले अहिले पनि उद्धार कार्य भने जारी रहेको जनाएको छ । बाढी र पहिरोमा परेका महोत्तरीमा ५ सय, रौतहटमा २ सय, काठमाडौंमा १ सय ८५, सिन्धुलीमा ७०, उदयपुरमा १०, ललितपुरमा ८, सिरहामा २ तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १÷१ जना गरी ९ सय ७९ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बाढीपहिरो र डुवानबाट प्रभावित स्थानमा क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रदेशका प्रहरी खटिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६, प्रदेश १ मा ६ हजार ३ सय ५, प्रदेश २ मा ५ हजार ७ सय २, प्रदेश ३ मा ३ हजार ४ सय ५ र कर्णाली प्रदेशमा ३ हजार १ सय १२ गरी २७ हजार ३ सय ८० प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार