फिटकिरीको फाइदा

२०७५ असार २ गते, शनिबार

काठमाडौँ । फिडकीरीमा एन्टी व्यक्टेरीयको गुण पाइन्छ । फिडकीरी दुई थरिको हुन्छ, एउटा रातो र अर्को सेतो । तर घरमा धेरै सेतो फिटकरीको प्रयोग गरिन्छ । कुनै घरमा यसलाई पानी सफा गर्नको लागि यसको प्रयोग गरिन्छ । आयुर्वेदमा पनि यसको धेरै फाइदाको उल्लेख गरिएको छ । फिडकरीको प्रयोग गर्दा हुने फाइदाहरु ः
१. चोट लाग्दा फिडकीरी
यदि तपार्इंलाई कुनै चोट लाग्यो वा घाउ भयो भने उसमा लगातार रगत आयो भने फिटकरीको पानीबाट घाउ धुन सकिन्छ । यसले रगत बग्न बन्द हुन्छ । फिटकिरी पानीको ठाउमा तपार्इं फिटकरीको महीन पिसेर पनि प्रयोगमा ल्याउन सकिन्छ ।
२. पसिनाको गन्द हटाउन
यदि तपाईंको धेरै पसिना आउछ भने वा पसिना गन्हाउँछ भने पनि फिटकरीको लगाउनाले तपार्इंको गन्हाउने कमहुन्छ । फिटकरीको एक महीन चूर्ण बनानाले पहिला फिटकिरीको केही मात्र पानी हाल्नु पर्छ । यस पछि नुहाउनाले तपार्इंको यि समस्या समाधान हुनेछ ।
३. दाँतको समस्य समाधान
फिटकरीमा एंटी बैक्टीरियल गुण हुन्छ । दांतमा दुखाई वा मुख गनाउने समस्य समाधान गर्नको लागि तपाईं फिटकरीको सहायता लिन सक्नुहुने छ । यो एक नेचुरल माउथवा‘श हो । दांत दुखाई भएमा पनि फिटकरीको पानीमा मिसाई कुल्ला गर्नले फाइदा हुनेछ ।
४. दम, खोकीको समस्याको समाधान
यदि तपाईंको दमको समस्य छ छ भने फिटकरी तपाईंको यस समस्यको रामबाणको जस्तै उपचार गर्ने छ । फिटकरीको चूर्णको शहदको साथ मिलाएर चाटने गरेमा दम र खोकी मा फाइदा हुन्छ ।
५. यूरीन इंफेक्शन हुने समस्य
यूरीन इंफेक्शन भयो भने पनि फिटकरीको प्रयोग गरेर धेरै फाइदा मिल्ने छ । प्रतिदिन फिटकरीको पानीमा प्राइवेट पार्टको सफाई गर्नाले इंफेक्शनको खतराबाट बच्न सकिन्छ । यसको अलावा पानीमा घुलनशील अशुद्धिको कम गर्नको लागि पनि फिटकरीको प्रयोग गर्न सकिन्छ
फिटकिरीले पानीमात्र सफा गर्दैन । स्वास्थ्यको हिसाबले पनि यसको धेरै फाइदाहरु रहेका छन् । यसले कपाल झर्ने समस्या रोक्छ भने यसमा रहेको म्यागनेसियम सल्फेटले मानव कोषलाई स्वस्थ राख्न मद्दत गर्छ । यसले शरीरमा रहेका ३ सयभन्दा बढी एन्जाइमलाई सही स्थितिमा राखेर हामीलाई स्वस्थ राख्न मद्दत छ । यसको साथै यसले शरीरमा रहेको हानिकारत तत्वलाई पनि बाहिर फाल्न मद्दत गर्छ ।
– फिटकिरी र कन्डिसनरलाई मनतातो पानीमा मिलाएर कपालमा लगाउने । यसलाई २० मिनेटपछि चिसो पानीले धुने । यसले कपाल बाक्लो बनाउन मद्दत गर्छ ।
– फिटकिरीमा पाइने म्यागनेसियमले जोर्नी र नसाको दुखाई पनि कम गर्छ । तातो पानीमा फिटकिरी मिसाएर दुखेको भागलाई डुबाएर राखे आराम मिल्छ ।
– तातोपानीमा फिटकिरी डुबाएर १०–१५ मिनेट त्यसै छाडेर त्यही पानीले नुहाउने । हप्तामा २–३ पटक यसो गरे शरीरको हानीकारक पदार्थ बाहिर निस्कन्छ ।
– फिटकिरी पानीमा १०–१५ मिनेट खुट्टा डुबाएर राखे सुन्नेको, थकान, दुर्गन्ध र फंगल इन्फेक्सनजस्तो समस्या समाधान हुन्छ ।
– बाथटबमा मनतातो पानीमा फिटकिरी हालेर नुहाउने । शरीर दुखेको स्थानमा फिटकिरीले मालिस गर्ने । तुरुन्त राहत मिल्छ ।
– मुखमा घाउ भए फिटकिरी र अलैँचीलाई पिसेर घाउ भएको ठाउँमा लगाउने ।
– हप्तामा एक पटक जैतुनको तेल र फिटकिरी मिलाएर मालिस गर्ने । यसले मरेको कोषलाई हटाउँछ ।
– तनाव कम गर्न हप्तामा तीन पटक फिटकिरी पानीले नुहाउने ।
– एक कप पानीमा दुई चम्चा फिटकिरी मिलाएर घामले डढेको ठाउँमा लगाउने र १० मिनेटपछि धुने । छाला चिलाउँदा पनि यो फाइदाजनक हुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु