प्रधानमन्त्री ओली अस्पताल भर्ना

२०७६ मंसिर १० गते, मंगलवार

काठमाडाैँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहानै त्रिवि शिक्षण अस्पताल पुगी भर्ना भएका छन । स्वास्थ्यमा समस्या आएपछि मंगलबार विहान शिक्षण अस्पतालमा भर्ना भएका उनको एपेण्डिसाइटिस शल्यक्रिया गर्ने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएका कारण कात्तिक र मंसिर महिनामा मात्रै चार पटक डायलासिस गरिसकेको छ । ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी पनि भइरहेको छ ।
हिजो राति पेट दुखेकाले उनलाई बिहानै शिक्षण अस्पताल पु¥याइएको थियो । परीक्षणका क्रममा उनलाई एपेण्डिसाइटिस भएको चिकित्सकले बताएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु