पश्चिमाञ्चल पर्यटकीय गन्तव्यमा पदयात्रा गरिदै

२०७१ श्रावण २७ गते, मंगलवार


काठमाडौं ।आगामी भदौ १ गतेदेखि पश्चिमाञ्चलका पर्यटकीय गन्तव्यलाई छुनेगरी पदयात्रा कार्यक्रम हुने भएको छ ।लोलुफेरा विकास मञ्चलले राजधानीमा पत्रकार सम्मेलन गरी पदयात्रा कार्यक्रम आयोजना गर्न लागेको जनाएको हो । पदयात्राको भाद्र १ गते राष्ट्रपति रामवरण यादवले पाखोरको फेवातालमा उद्घाटन गर्ने जनाइएको छ । पदयात्रा असोज २५ गते सिंहदरबारमा आइ सम्पन्न हुनेछ ।
नयाँ अवधारणा, नयाँ गन्तब्य र नयाँ सम्भावनाको खोजी गर्ने लोलुफेराको उद्देश्य रहेको मञ्चले जनाएको छ ।समग्र विकास, स्थायी शान्ति र समृद्धिका लागि नयाँ अवधारणा, नयाँ गन्तब्य र नयाँ सम्भावना लोमाङथाङ लुम्बिनी, फेवाताल राराताल लोलुफेरा पर्यटनमार्गको नाममा मञ्चले अन्तक्रिया कार्यक्रम गरेको हो ।
विशेष गरी पश्चिमाञ्चलमा रहेका सम्भावित पर्यटकीय गन्तव्यहरुलाई उजागर गर्न र सम्भावित ठाउँहरुमा पर्यटन विकास एवं प्रवद्र्धन गर्नको लागि पदयात्रा गर्न लागिरहेको आयोजकले जनाएको छ । लोलुफेरा पदयात्रा २०७१मा राजनीतिक पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय नेताहरु, मन्त्री र सभासदहरु, उच्चपदस्त कर्मचारीहरु, राष्ट्रिय स्तरका उद्योमी व्यबसायीहरु, राष्ट्रिय स्तरका खेलाडी र गायक गायीकहरुले सहभागिता हुने आयोजकले दावी गरेका छन् ।
पश्चिमाञ्चल क्षेत्रका सबै जिल्ला, नगर, गाउका पर्यटकीय स्थलहरुलाई उजागर गर्ने र पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ पदयात्रा गर्न लागिएको जानकारी दिएको हो । लोलुफेरा मञ्चले यो अभियानलाई उद्योग बनाउने, अन्तराष्ट्रि्रय पर्यटकीय मार्गसहित नमुना ठाउँ बनाउने आयोजना रहेको जनाएको छ । पदयात्रामा नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष लगाएतका संस्थाहरुले साझेदारी गर्ने मञ्चले जनाएको छ ।

प्रतिक्रियाहरु