पर्यटन बोर्डको सदस्यमा अर्याल र कुँवर नियुक्त

२०७२ माघ २५ गते, सोमबार

काठमाडौं, २५ माघ । आज बसेको संस्कृति पर्यटन तथा नागरीक उडड्यन मन्त्रालयको मन्त्री स्तरीय बैठकबाट नेपाल पर्यटन बोर्डको सदस्यमा बरिष्ठ पर्यटन ब्यबसायी कृष्णकुमार अर्याल र पूर्णबहादुर कुँवर नियुक्त भएका छन् । पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (TAAN) का पूर्व महासचिव हरि धरेल र हेटेल एसोसिएसन नेपाल (HAN) का महासचिव बिनायक शाह संलग्न रहेको तिन सदसीय सिफारिस समितिको सिफारिसमा अर्याल र कुँवरलाई बोर्ड सदस्यमा नियुक्त गरिएको हो । सदस्य दुबैलाई आगामी ३ बर्षको लागि सो पदमा नियुक्त गरिएको हो । काठमाडौँका स्थायी बासिन्दा कृष्णकुमार अर्याललाई मध्यमान्चल क्षेत्रको प्रतिनिधित्व गर्दै सिफारिसमा परेका हुन् भने भने पर्वतका कुँवरलाई पश्चिमाञ्चलको प्रतिनिधित्व गराइएको छ ।
२०४४ सालदेखि पर्यटन ब्यबसायमा आबद्ध अर्याल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (TAAN) मा कोषाध्यक्ष र सचिव, नेपाल माउन्टेनियरिंग एसोसिएसन (NMA) मा सचिव रहिसकेका बरिस्ठ पर्यटन ब्यबसायी हुन् । हाउस अफ ट्राभल एण्ड एडभेन्चरका प्रबन्ध निर्देशक अर्याल हाल नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा उपाध्यक्ष छन् ।
१२ वर्ष नेपाल यातायात संस्थानमा सरकारी सेवामा बिताएर ०५८ देखि पर्यटन ब्यबसायमा संलग्न कुँवर मल्टि टुर टुरिस्ट भेहिसल्स, हिमालयन रेन्ज ट्रेक एण्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक एवं होटेल होली हिमालयका संचालक हुन् । हाल उनी नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा कोषाध्यक्ष छन् ।

प्रतिक्रियाहरु