पत्रकार हुमागाईको निधन

२०७५ कार्तिक ५ गते, सोमबार

काठमाडौं, ४ कार्तिक । क्रान्तिकारी पत्रकार रामचन्द्र हुमागाईको ६५ वर्षको उमेरमा आइतबार निधन हुन पुगेको छ । कलेजो रोगबाट पीडित भई लामो समयदेखि उपचार गराइरहेका हुमागाईको सानेपा स्थित जेष्ठ नागरिक केयर होममा आइतबार दिउसो ३ ः ५० मा निधन भएको हो । हुमागाईको आइतबारै साँझ पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । क्रान्तिकारी माअाेवादी निकट पत्रकार रहेका हुमागाईप्रति अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य पवनमान श्रेष्ठलगायतका नेता कार्यकर्ता तथा पत्रकारहरु पशुपति आर्यघाट पुगेका थिए । क्रान्तिकारी माओवादीका नेताहरुले हुमागाईको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । पत्रकार हुमागाईं क्रान्तिकारी माओवादी काठमाडौंका सदस्य समेत रहेका थिए ।
यसैबीच, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउतले एक श्रद्धाञ्जली वक्तव्य जारी गरी हुमागाईको निधनले संगठनलाई स्तब्ध तुल्याएको भन्दै हुमागाईप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार