पत्रकार गिरफ्तार

२०७४ फाल्गुन ८ गते, मंगलवार

काठमाडौं, ८ फागुन । प्रहरीले धरानबाट दुई जना पत्रकारलाई गिरफ्तार गरेको छ । गएराति राति क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य जमुना श्रेष्ठ र कोशी व्युरो संयोजक लम्जेल संघर्षशिललाई लाई गिरफ्तार गरेको हो। उनीहरुलाई ईलाका प्रहरी कार्यलय धरानमा राखिएको जनाईएको छ । तर प्रहरी कार्यलयमा सम्पर्क गर्दा माथिबाट जानकारी नदिनु भन्ने आदेश आएकाले उनीहरुको बारेमा बोल्न नमिल्ने जवाफ दिईएको छ । जमुना धरानबाट प्रकाशित प्रबोद्ध साप्ताहिकका प्रकाशक तथा लम्जेल सम्पादक हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु