ने. क. पा. राप्ती ब्युरो सदस्य गम्भीरसहित ५ जना गिरफ्तार

२०७६ असार १० गते, मंगलवार

काठमाडाैं , १० असार । नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो सदस्य गम्भीर, रुकुम जिल्ला सदस्य तथा आठबिसकोट नगरपालिका सेक्रेटरी छवि घर्ति, युवा संगठन नेपाल रुकुम पश्चिमका उपाध्यक्ष विवेक विक र दिर्घ गहतराजलाई प्रहरीले गिरफ्तार गरेको छ । उन्हारुलाई रुकुम त्रिवेणी गाउँपालिका घरमा बसिरहेकोे अवस्थामा गिरफ्तार गरिएको नेकपा रुकुमले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी रुकुमले घरमा बसिरहेको अवस्थामा विनाकारण गिरफ्तार गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राती गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु