ने.क.पा.माथिको प्रतिबन्ध खारेजकाे माग गर्दै प्रदर्शन

२०७६ जेष्ठ ७ गते, मंगलवार

काठमाडौं, ७ जेठ । नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध खारेज गर्न माग गर्दै सहिद तथा बेपत्ता याेद्धा परिवारहरुले अाज दाङको बिजाैरीमा बेपत्ता याेद्धा दिवसका अवसरमा प्रदर्शन गरेका छन् ।
बेपत्ता याेद्धा परिवार दाङको अायाेजनामा आज बिहान ११ बजेतिर प्रतिबन्धकाबिच तुल्सिपुर उपमहानगरपालिकाकाे बिजौरी बजारको चोकमा जनयुद्धका सहिद तथा बेपत्ता याेद्धाका परिवारहरुले विप्लव नेतृत्वको ने.क.पा.माथि लगाइएको प्रतिबन्ध सरकारसँग खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
कोणसभालाई सम्बोधन गर्दै सहिद परिवार समाजका केन्द्रीय सदस्य रइ बहादुर बस्नेतले सहिद तथा बेपत्ताहरुकाे अधुरा सपना पूरा गर्न निरन्तर लागि रहेको पार्टीलाई लगाइएको प्रतिबन्धकाे विरोध गर्दै प्रतिबन्ध तत्काल हटाउन सरकारसँग माग गरे । साथै उनले सम्पूर्ण सहिद तथा बेपत्ता याेद्धा परिवारहरुलाई सरकारको प्रतिबन्ध चिरेर अगाडि बढ्न पनि अपिल गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु