नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो

२०७७ बैशाख १४ गते, आईतवार

काठमाडौं, १४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको जनाएको छ । वीरगञ्जमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएपछि संक्रमितको संख्या ५१ पुगेको हो । संक्रमित दुबै जना पर्साको वीरगञ्ज निवासी रहेको र उनीहरु दुबैको उमेर ५० वर्ष रहेको पनि मन्त्रालयले जनाएको छ । वीरगञ्जमा भेटिएका दुबै जना पुरूष रहेकाे र दुवैकाे अहिले आइसोलेशनमा राखेर उपचार थालिएको मन्त्रालयले बताएको छ । नेपालमा हालसम्म संक्रमितमध्ये १२ जना पूर्णरूपमा निकाे भइ घर फर्किसकेका छन् । हाल ८७ जना आइसोलेशन रहेकाे मन्त्रालयले जनाएकाे छ । नेपालमा हालसम्म पिसिआर विधिबाट ९ हजार ६६८ जनाकाे काेराेना परीक्षण भएकाेमा ९ हजार ६१७ मा संक्रमण नदेखिएकाे पनि मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु