नेकपाद्वारा रुकुम घटनाको बास्तविकता तोडमोड नगर्न चेतावनी

२०७७ जेष्ठ १४ गते, बुधबार

काठमाडौं, १४ जेठ । नेपाल कम्युनिस्ट पार्टीले रुकुम घटनाको बास्तविकता तोडमोड नगर्न चेतावनी दिएको छ। सो पार्टीको राप्ती ब्युरोले पश्चिम रुकुममा घटेको घटना अत्यन्तै क्रुर, निन्दनीय, विभत्स र अमानविय भएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ । राप्ती ब्युरोका इन्चार्ज समरले बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै रुकुममा भएको घटनामा कथित जनप्रतिनिधीहरुको योजना नेतृत्व र संलग्नतामा देखिनु निन्दनीय कार्य भएको उल्लेख गरेका छन् । साथै विज्ञप्तिमा इन्चार्ज समरले आफुलाई कम्युनिस्ट र समाजवादी बताउने केही नेताहरुबाट नै घटनालाई तोडमोड गर्ने हर्कत र षड्यन्त्रहरु गरेको भन्दै घटनामा संलग्न दोषीहरुउपर कार्वाही गर्न र घटनाको बास्तविकतालाई ढाकछोप वा विषयान्तर गर्ने षड्यन्त्रहरुप्रति सचेत रही खबरदारी गर्न सवैलाई अपिल गरेका छन् ।जेठ १० गते रुकुमको सोतीकी सुष्मा मल्ललाई भगाउन जाजरकोट राणागाँउका युवा नवराज विकले १८ जना युवाहरुलाई लिएर गएपछि केटी पक्षका आफन्तले गरेको आक्रमणमा परि ३ जनाले ज्यान गुमाएका थिए भने ३ जना अझै बेपत्ता छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु