नारायणगढ–मुग्लिन सडकखण्डको करार अवधि नथपिने

२०७४ फाल्गुन ६ गते, आईतवार

काठमाडौं , ६ फागुन । नारायणगढ–मुग्लिन सडकखण्डको करार अवधि नथपिने भएको छ । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको करार अवधि अब नथपिने बताएका छन् । तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदैछ ।
प्रेस सेन्टर धादिङले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयको कामसमेत गर्दै आएका मन्त्री जमरकट्टेलले श्रमजीवी पत्रकारको उचित पारिश्रमिकको व्यवस्था र मिडिया मैत्री कानूनको निर्माणसमेत गरिने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु