नर्स हुनु त यिनीजस्तो

२०७२ कार्तिक २१ गते, शनिबार

काठमाडौँ । बेलायतको क्लार्कविल्लामा एक सडक दुर्घटना भयो । दुर्घटनामा केही व्यक्तिहरु गम्भीर रुपमा घायल भएका थिए । दुर्घटना भएको केही समयमा नै उद्धारकर्ताहरु त्यहाँ पुगे । उद्धारकर्मीहरु त्यतिबेला अचम्ममा परे कि घाइतेको उद्धार तथा प्राथमिक उपचारमा उनीहरुलाई सघाइरहेकी थिइन् एक आकर्षक युवती । ती युवती दुलहीको पहिरनमा थिइन् । ती दुलहीले त्यही पहिरनमै घाइतको उपाचार तथा उद्धारमा खटेर काम गरिन् । पछि थाहा भो ती युवती आफ्नो बिहे नै छाडेर उद्धारमा खटिएकी थिइन् । बताइएअनुसार युवती बिहेका लागि तयार भएर बसेकी थिइन् । यसैबीचमा उनको विवाह समारोहमा आउन लागेका अतिथिको गाडि दुर्घटनामा परेको थियो । यो खबर थाहा पाउना साथ पेशाले नर्स सारा नामकी ती युवती विवाहको साइत छोडेर घाइतेको उद्धारमा खटिएकी थिइन् । उनले आफ्नो पेशाप्रति देखाएको निष्ठाको अहिले चारैतिर प्रशंसा भैरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु