नक्कली सुन देखाएर ठगी गर्ने पक्राउ

२०७५ श्रावण ४ गते, शुक्रबार

काठमाडौं, ४ साउन । महानगरीय प्रहरी परिसर काठमाडौंले एक किलोग्राम नक्कली सुन देखाइ ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ ।परिसरको टोलीले चाबहिल, कोटेश्वर र कपन क्षेत्रमा नक्कली एक किलोग्रामको बिस्कुट र एकथान बेरुवा औंठी बेच्न हिँडेको अवस्थामा सिन्धुपाल्चोकका राज लामा, नुवाकोटका म्याङ्सिङ लामा र सोलुखुम्बुका टासीलाक्पा शेर्पालाई बिहीबार चुच्चेपाटीबाट पक्राउ गरेको हो ।
परिसरका प्रमुख विश्वराज पोखरेलले शुक्रबार पत्रकार सम्मेलन गरी नक्कली सुनको नक्कली बिल बनाएर सक्कली भन्दै बेच्न हिँडेको अवस्थामा नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ परेका राज लामाको यसअघि महानगरीय प्रहरी वृत्त बौद्ध र महाराजगन्जमा ठगी मुद्दा चलेको र टासीलाक्पा शेर्पा कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेलजीवन बिताएको अनुसन्धानमा खुलेको उनले बताए । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार