धनकुटामा कर्फ्यु जारी

२०७४ माघ ५ गते, शुक्रबार

काठमाडौँ, ५ माघ । धनकुटामा आज दोस्रो दिन पनि कर्फ्यु जारी छ । प्रदेश नं १ को मुकाम धनकुटा नतोकिएको विरोधमा थालिएको आन्दोलनले उग्ररुप लिएपछि बिहीबारदेखि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । आन्दोलनकारीले केही सरकारी कार्यालयसहित प्रहरीको गाडी, दमकल र एम्बुलेन्ससमेत तोडफोड गरेपछि कर्फ्यु लगाउनु परेको स्थानीय प्रशासनको भनाइ छ ।
प्रहरी र आन्दोलनकारीबीच झडप बढेपछि लगाइएको कर्फ्यु निरन्तर गरिएको हो । स्थिति सामान्य नभएकाले कर्फ्यु नहटाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए । सामूहिक रुपमा भेला हुन नपाए पनि व्यक्तिले आफ्नो काम गर्न कुनै असर नपर्ने जनाइएको छ । लगातारको बन्द र कर्फ्युले जनजीवन भने असामान्य बनेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु