दोस्रो पटक कृत्रिम मुटु प्रत्यारोपण

२०७१ भाद्र २४ गते, मंगलवार


काठमाडौँ । फ्रान्समा गत महिना नयाँ पुस्ताको कृत्रिम मुटु दोस्रोपटक प्रतिस्थापन गरिएको जानकारी स्वास्थ्यमन्त्री मारिसोल टुरेनले सोमबार दिएका छन् ।स्वास्थ्यमन्त्री टुरेनले उक्त प्रतिस्थापन अगस्त ५ मा फ्रान्सको पश्चिमी भागमा अवस्थित नगर न्याट्सको एक विश्वविद्यालय अस्पतालमा गरिएको बताए ।करिब सात महिना अगाडि ७६ वर्षीय क्लाउड ड्यानी नाम गरिएका विरामीमा यस्तै मुटु प्रतिस्थापन गरिएको थियो । प्रतिस्थापन अगाडि ड्यानी निकै बिरामी थिए र यसको अढाइ महिनापछि उनको मृत्युभएको थियो ।
स्वास्थ्यमन्त्री टुरेनले एक विज्ञप्ति प्रकाशन गरी यस शल्यक्रियाले हृदय प्रतिस्थापन नयाँ युगमा प्रवेश गरेको देखाएको बताए । उनले यस विषयमा थप जानकारी दिएनंन ।
बिरामीमा प्रतिस्थापन गरिएको यस कृत्रिम मुटु नरम जैविकपदार्थबाट बनेको छ र यसमा रगत जम्नसक्ने वा रोगप्रतिरोध क्षमताले अस्वीकार गर्ने सम्भावना कम गरिएको बताइएको छ । यसमा लिथियम ब्याट्री उपयोग गरिएको छ ।
युरोप तथा अमेरिकाका करिब एक लाख व्यक्तिमा मुटु प्रतिस्थापन गर्नु आवश्यक ठानिएको यस कृत्रिम मुटुका निर्माता कारमाटले जानकारी दिएको छ । यस संस्थाले अझै चार व्यक्तिमा यस कृत्रिम मुटुको प्रतिस्थापन गरी त्यसको सम्भावनाका बारेमा अध्ययन गर्ने जानकारी दिएको छ ।- एएफपी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु