तिर्खाले ज्यान लियो

२०७३ बैशाख २२ गते, बुधबार

काठमाडौ, २२ बैशाख । भारतको तेलंगनाको आदिलाबाद जिल्लामा सोमबार ८ वर्षीय मधुकर र १२ वर्षीय अशोकको मृत्यु तिर्खा र चर्को घामका कारण भयो । उनीहरु दुवैको शव मुद्दरम गाउँको जंगलमा फेला परेको थियो । उनीहरुका लागि पानी लिन गएका आमा पानीको कमीका कारण बाटैमा बेहोस भएकी थिइन् । स्मरणरहोस् तेलंगनामा यो वर्षको सबैभन्दा ठुलो खडेरी झेलिरहेको छ । तापक्रम ४० देखि ४५ डिग्रीसम्म पुगेको छ, जसका कारण अहिलेसम्म १ सय ५० जनाको मृत्यु भइसकेको छ।
आमाका साथ दुई बच्चा एउटा विवाह समारोहमा भाग लिन जंगलको बाटो जाँदै थिए । बाटोमा उनीहरुलाई तिर्खा लाग्यो तब आमाले उनीहरुलाई रुखमो फेदमा छाडेर पानीको खोजिमा निस्केकी थिइन् । पानी खोज्दाखोज्दै आमा स्वयम पानीको कमीका कारण बेहोस भइन् । साँझसम्म उनलाई होस आयो, तब गाउँलेले बच्चाका बारेमा सोधे । सोमबार बिहान बच्चाको शव फेला परेको हो । प्रहरीका अनुसार उनीहरुको मृत्यु तिर्खा र चर्को घामका कारण भएको हो ।
महाराष्ट्रको सर्वाधिक खडेरी प्रभावित षेत्र मराठवाडाको बाँधमा दुई प्रतिशत मात्र पानी बचेको छ । जबकी मनसुन सुरु हुन अझै डेढ महिना बाँकी छ। यो क्षेत्रको ११ ठुला बाँधबाट ८ सुक्ने अवस्थामा छ । यी बाँधमा बचेको पानी निकालिनेछ, किनभने यो बग्न सक्ने छ ।- एजेन्सी

प्रतिक्रियाहरु