तालु खुइलिनुबाट बच्ने भए……

२०७१ भाद्र १२ गते, बिहीबार


काठमाडौँ । तालु खुइलिएका बिषयमा हाम्रो समाजमा अनेकौं किस्सा सुन्न पाइन्छन् । कतिपयले तालु खुइलिनुलाई बुद्धि र विवेकको क्षमतासँग पनि दाँज्ने गरेका छन् । तर, यो वास्तविकता होइन । तालु खुइलिनु पनि एउटा रोग नै हो । खासमा तालु २ प्रकारले खुइलिन्छ । सिकाट्राइसियल र नन-सिकाट्राइसियल । सिकाट्राइसियलमा जन्मजात समस्या, सुन्निएको अवस्था, कोठी, चोटपटक वा क्यान्सरका कारण तालु खुइलिने हुन्छ । त्यस्तै नन-सिकाट्राइसियलमा कहिलेकाही सानो भाग मात्र खुइलिन्छ भने कहिले पूरा भाग नै । खुइले भनिने सानो भाग खुइलिने रोग वंशाणुगत गुण, मानसिक रोग वा ढुसी संक्रमणका कारण देखिन्छ । त्यस्तै पूरा भाग चाहिँ एलोपेसिया युनिभरसालिसका कारण खुइलिने हुन्छ । पूरा भाग खुइलिएपछि रौंका जरा नष्ट हुन्छन् । जसको कारण कपाल पलाउन सक्दैन र तालु चिल्लो देखिन्छ । नन सिकाट्राइसियल रोगमा रौंका जरा हुने भएकाले पुनः पलाउन सक्छन् । खोइरे रोग थाइरोइड, दुबी तथा मानसिक तनावको कारणसँग सम्बन्धित छ । यसमा विस्तारै खाली भएको ठाउँमा कपाल उम्रन थाल्छ । यसको उपचारका लागि स्टेरोइड, सोरालिनजस्ता पद्धति अपनाइन्छ । एन्ड्रोजेनिक एलोपेसिया -वंशाणुगत खुइरे) जसलाई पुरुष प्रकारको खुइले पनि भनिन्छ । यो रोग वंशानुगत रूपमा आएको पाइन्छ । तथापि पुरुष हर्मन बढी हुने महिलामा पनि यो समस्या देखिन्छ । पुरुषमा कुनै परीक्षण आवश्यक नभए पनि महिलामा भने पुरुष हर्मन निकाल्ने ट्युमर छ कि छैन भन्ने परीक्षण गर्नुपर्छ । पुरुषको हकमा औषधिको प्रयोगले कपाल र्झने प्रक्रिया ढिलो गराउने तथा नयाँ कपाल पलाउने उपचार पनि गर्न सकिन्छ । तर यो दर्ीघकालीन भने देखिएको छैन । किनकि औषधि बन्द गर्ने वित्तिकै फेरि कपाल र्झन थाल्छ । त्यसैले प्रयोगकर्ताले जीवनभर औषधि प्रयोग गर्नुपर्ने देखिन्छ । विग -नक्कली कपाल) लगाउने तथा र्सजरी यसको उपचारका विकल्प हुन सक्छन् । टेलोजेन इफ्लुभियम नामक तालु खुइलने समस्या मुख्यतया संक्रमण -टाइफाइट, औलो, डेंगु), तालुका अपरेशन, चोटपटक, परीक्षाको तनाव, तनावयुक्त वैवाहिक सम्बन्ध र प्रशव पीडाका कारण देखिन सक्छ । यसको उपचार नगरी निराकरण हुदैन । उपचार गरियो भने यो समस्या २-३ महिनापछि समाधान हुन सक्छ तर कपालको स्वरूप पहिलेकै अवस्थामा भने आउँदैन । भ्याक्सन एलोपेसिया नामक कपाल झर्ने समस्या आजभोलि हृवात्तै बढेको पाइएको छ । यो समस्या कपाल सिधा पार्न गरिने प्रविधि हट कम्बिङको कारणले हुन्छ । ट्राइकोटिलोयानिया नामक कपाल झर्ने समस्या युवतीमा पाइएको छ । खासगरी मानसिक समस्या भएका युवतीमा यो समस्या देखिन्छ । त्यसैगरी रांैंका जरामा संक्रमण भएमा, ढुसीको संक्रमण भएमा, सोरियासिस तथा कुष्ठरोगमा पनि तालु खुइलिने समस्या देखिन्छ । यस्तो अवस्थामा उपचार गरियो भने स्वतः कपाल पलाएको पाइन्छ । क्यान्सरको उपचार -केमोथेरापी) र विष सेवनपश्चात् पनि कपाल र्झन समस्या देखिन्छ । यस्तो समस्यामा परेकाहरूले उपचार गरेमा फेरि पुरानै तरिकाको कपाल प्राप्त गर्नसक्छन् । तर, तपाइँ आफैले केही जुक्ति लगाउनुभयो भने तपाइँको कपाल र्झन कम हुनेछ । यसको लागि केही प्राकृतिक वस्तु तथा विधि काफी छन् । तल उल्लेखित सजिला टिप्स अपनाउने कोसिस गर्नुहोस् । यसले तपाइँको कपाल र्झनबाट रोक्न ठूलो मद्दत पूराउनेछ-
१. तातो तेलले मालिस गर्ने ः तोरी, सरस्यूँ अथवा नरिवलको तेललाई हल्का तताउनुहोस् । ठिक्क तातेको तेलले कपालको जराजरासम्म पुग्ने गरी मज्जाले मसाज गर्नुहोस् । झण्डै एक घण्टा त्यत्तिकै राख्नुहोस् अनि त्यसपछि स्याम्पुले कपाल धुनुहोस् । राति सुत्ने बेलामा कपालमा तेल घसेर भोलि पल्ट बिहान कपाल पखाल्दा पनि हुन्छ ।
२. लसुन वा अदुवाको रस ः बेलुका सुत्ने बेलामा कपालमा कपालमा लसुन, प्याज वा अदुवाको रस लगाएर मज्जाले मालिस गर्नुहोस् । रातभर त्यत्तिकै छाड्नुहोस् । अर्को विहान कपाल धुनुहोस् ।
३. टाउकोमा दिनहुँ हल्का रूपमा मसाज गर्दा कपालका जरामा रक्त संचार राम्रोसँग हुन मद्दत गर्छ । कपालका जरामा राम्रोसँग रक्तसंचार हुनु भनेको कपाल र्झनबाट रोकिनु हो । खालि हात वा हल्का तेल लगाएर पनि मसाज गर्न सकिन्छ । यस्तो मसाज दिनहुँ गर्नु राम्रो हुन्छ ।
४.ग्रिन टी पानीमा पकाउनुहोस् अनि मनतातो भएपछि त्यो टाउकोमा खन्याउनुहोस् । एक घण्टासम्म राख्नुहोस् अनि कपाल पखाल्नुहोस् । ग्रिन टी मा एन्टी अक्सिडेन्ट तत्व हुने भएकाले त्यसले कपाल र्झनबाट रोक्ने तथा कपाल बढ्न समेत सहयोग पूराउँछ ।
५.योगा गर्नुहोस् ः विश्वास गर्नुस्, नगर्नुस् कपाल झर्नुको एक मुख्य कारण भनेको तनाव हो । जब मान्छे तनावमा हुन्छ तब उसको कपाल र्झने समस्या बढ्छ । नियमित योगाले तनावलाई कम गर्न तथा सरीरमा हर्मनको मात्रा सन्तुलित गर्ने भएकाले कपाल र्झन कम हुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु