तनावबाट मुक्त हुने भए…

२०७५ जेष्ठ ११ गते, शुक्रबार

काठमाडौं, ११ जेठ । अहिलेको आधुिनक समयको जीवन दौडधुप तथा व्यस्तताले भरिएका छन् । व्यस्त रहेको जीवनले गर्दा नै मानव जीवन तनावको सिकार भइरहेका छन् । तानवको सही व्यवस्थापन नहुँदा रोगीहरुको संख्या बढ्दै गएको छ । उच्चरक्तचाप, चिनीरोगदेखि मतिष्कघात र पक्षघातको प्रमुख कारण तनाव बन्दै गएको डाक्टरहरु बताउछन् । तनावका कारणहरु खानपान, निद्रा, शरिरले आराम आदि जस्ता कुराहरुको अनियमितता हुनु हो । तनावमुक्त रहन खानपानमा पनि ध्यान दिन जरुरी छ । यदी खानपानमा ध्यान दिने हो भने पनि तनावबाट टाढा रहन केही राहत मिल्छ ।
खुसि रहन हार्माेने सेरेटोनिनको आवश्यक पर्छ, जसको पूर्तिका लागि खानपानमा ध्यान दिए पुग्छ । पोटाशियम, म्याग्नेशियम र फलिक एसिडको मात्रा धेरै भएका खानेकुराहरु खान आवश्यकता छ । तनावलाई कम गराउन अण्डा, रातो डल्ले खुर्सानी, नरिवल, पालुङ्गो, मह, सिमी, केरा, डार्क चक्लेट र रातो मुला जस्ता खानेकुराहरु खान जरुरी रहेका छन् । अण्डामा पाइने ओमेगा ३, फ्याट्टी एसिड, जिंक, भिटामिन्स र प्रोटिनले मानसिक रुपमा स्वस्थ राख्ने काम गर्छ । भिटामिन सी र भिटामिन ए धेरै हुने भएकाले रातो डल्ले खुर्सानीले मानिसलाई तनावमुक्त बनाउन सहयोग गर्दछ । ईलेक्ट्रोलाईट्स नरिवलमा हुने हुँदा शरीर र दिमागलाई हाइड्रेड राख्छ र शरीरमा खुसीको सञ्चार गराउँछ ।
पालुङ्गोमा आइरन हुने गर्छ । यो खानाले शरीरलाई कमजोर हुन नदिने हुँदा थकानको महसुस पनि हुन दिँदैन । महमा पाइने एन्टी इन्फ्लेमेटरीले दिमागलाई स्वस्थ राख्छ । यसका साथै यसले डिप्रेशनबाट पनि टाढै राख्दछ । सिमीमा पाइने म्याग्नेशियमले शरीरमा भरपूर खुशी बढाउने हार्मोनलाई सक्रिय बनाउँछ । सिमी एन्टी अक्सीडेन्ट्स र न्युट्रिएट्सले पनि भरपूर हुन्छ । केरामा पोटाशियम, म्याग्नेशियमका साथै प्रोबायोटिक, भिटामिन बी ६, ट्रायप्टोफेन र आइरनहुने हँुदा यसले मुड फ्रेश राख्न मद्दत गर्छ । केफिन, कोको र सुगरले भरपूर डार्क चक्लेटले शरीरमा तागत प्रदान गर्छ । जस कारण शरीरमा खुसीको सञ्चार गराउँछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु