जुफाल विमानस्थल सुचारु

२०७१ श्रावण १० गते, शनिबार


काठमाडौँ । सात दिनदेखि परेको अविरल बर्षाका कारण अवरुद्ध भएको डोल्पाको जुफाल विमान्स्थल शनिबारबाट सुचारु भएको छ ।प्रतिकुल मौसम तथा लगातार बर्षा भएपछि विमानस्थलको रनवेमा हिलो जम्दा विमान कम्पनीहरुले उडान स्थगित गरेका थिए ।
शनिबारदेखि बर्षा रोकिएको र घाम लागेकाले विमानस्थलको हिलो सुकेको तथा उडानका लागि मौसम अनुकुल भएकाले विमानस्थल सुचारु गरिएको हो । शनिबार तारा एअरलाईन्सले एउटा उडान भरेको छ । अरु एअरलाइन्सले भने उडान भने भरेनन् ।
विमानस्थल बन्द हुँदा एकातिर दैनिक उपभोग्य वस्तुहरुको अभाव भएको थियो भने अर्कोतिर सेवा लिन पुगेका सर्वसाधरण, बिरामी, पर्यटकसमेत गन्तव्यसम्म पग्न सकेका थिएनन् ।कच्ची हवाइ मैदान भएको यस विमानस्थलमा नेपाल एअरलाइन्स, तारा एअरलाईन्स, गोमा एअरलाईन्स, मकालु एअरलाईन्स लगाएका विमान कम्पनीहरुले उडान भर्छन् ।

प्रतिक्रियाहरु