जिल्ला जनपरिषद ताप्लेजुङद्वारा आन्दोलनरत कर्मचारी र स्थानीयको माग सम्बोधन गर्न आग्रह

२०७६ आश्विन ९ गते, बिहीबार

काठमाडौं, ८ असाेज । नेपाल कम्युनिस्ट पार्टी, लिम्बुवान स्वायत्त प्रदेशको जिल्ला जनपरिषद, ताप्लेजुङले सिवानी हाइड्रोपावर कंपनीले श्रमजिबी कर्मचारिको न्युनतम माग पूरा नगरेको प्रति आपत्ति जनाउँदै बुधबार बिज्ञप्ति जारी गर्दै चेतावनी दिएको छ ।
स्थानीय, कार्यरत कर्मचारीसँग कंपनीले गरेको सम्झौताको पालना नगरेकाले सिवानी हाइड्रोपावर कंपनीमा कार्यरत कर्मचारीले गरिरहेको आन्दोलनको पक्षमा उभिएर जनपरिषद प्रमुख कमानसिंहले बुधबार एक बिज्ञप्ति जारि गर्दै, तत्काल आन्दोलनरत कर्मचारी, स्थानीयको माग सम्बोधन गर्न माग गरेको छ ।
‘जनपरिषद जनतामाथि भएका अत्यचार र अन्यायका बिरुद्ध सदैब साथ रहने भएकोले ताप्लेजुङ जिल्ला अत्र्तगत पाथिभरा याङवरक गाउँपालिकाभित्र सञ्चाल भइरहेको सिवानी हाइड्रोपावर कंपनी लिमिटेड र स्थानीय साथै कंपनीमा कार्यरत कर्मचारीबीच निम्न बुँदा अनुसार भएको सहमति कार्यन्वयन नभएको हुँदा उक्त कंपनीको लापरबाहि प्रति जिल्ला जनपरिषद तााप्लेजुङ निन्दा साथै भत्र्सना गर्दछ ।’ बिज्ञप्तिमा भनिएको छ ।
‘स्थानीय, कर्मचारी र सरोकारवालासँग गरेको सम्झौता तत्काल कार्यान्वयन गर्न लिम्बुवान स्वायत्त प्रदेश, जिल्ला जनपरिषदले आग्रह गरेको छ । ‘आन्दोलनरत सरोकारवाला पक्षका सकरात्मक मागप्रति पूर्ण समर्थन जनाउँदै, सम्बन्धित पक्षलाई आजको मितिदेखि १० दिनभित्र माग पूरा गरि काम सञ्चालन गर्न अनुरोध गरिन्छ । अन्यथा, जनपरिषदको प्रचलित कानुन बमोजिम कारबाहि गरिनेछ । उक्त परिस्थितिबाट उत्पन्न हुने क्षतिको जिम्मेवारी स्वयंम कंपनी हुने कुरा समेत यसै बिज्ञप्ति मार्फत जानकारि गराइन्छ ।’ जनपरिषद प्रमुख कमानसिंहद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ ।
यस बिषयमा जिल्ला जनपरिषद, ताप्लेजुङका प्रमुख कमानसिंह बिज्ञप्तिको पूर्ण पाठ यस प्रकार रहेको छ – “नेपालमा यतिखेर बिदेशी शक्ति केन्द्रको आँडमा सञ्चालन भइरहेको दलाल संसदीय ब्यबस्थालाई खारेज गर्दै, नेपाली जनताको आफ्नै सत्ता गाउँ, नगर र जिल्ला जनपरिषद चलिरहेको सर्बविदित नै छ । उक्त जनपरिषद जनतामाथि भएका अत्यचार र अन्यायका बिरुद्ध सदैब साथ रहने भएकोले ताप्लेजुङ जिल्ला अत्र्तगत पाथिभरा याङवरक गाउँपालिकाभित्र सञ्चाल भइरहेको सिवानी हाइड्रोपावर कंपनी लिमिटेड र स्थानीय साथै कंपनीमा कार्यरत कर्मचारीबीच निम्न बुँदा अनुसार भएको सहमति कार्यन्वयन नभएको हुँदा उक्त कंपनीको लापरबाहि प्रति जिल्ला जनपरिषद तााप्लेजुङ निन्दा साथै भत्र्सना गर्दछ । आन्दोलनरत सरोकारवाला पक्षका सकरात्मक मागप्रति पूर्ण समर्थन जनाउँदै, सम्बन्धित पक्षलाई आजको मितिदेखि १० दिनभित्र माग पूरा गरि काम सञ्चालन गर्न अनुरोध गरिन्छ । अन्यथा, जनपरिषदको प्रचलित कानुन बमोजिम कारबाहि गरिनेछ । उक्त परिस्थितिबाट उत्पन्न हुने क्षतिको जिम्मेवारी स्वयंम कंपनी हुने कुरा समेत यसै बिज्ञप्ति मार्फत जानकारि गराइन्छ ।
निम्न बुँदाहरूः
१.काम गरेको मितिबाट सबै कर्मचारिहरूलाई नियुक्ति दिनुपर्ने ।
२.कर्मचारीहरूलाई हालसम्म दिन बाँकी रहेको बक्यौता तलब तत्काल दिनुपर्ने ।
३.थेचम्बुको महाबीरे भीरको बाटो निर्माण गर्नुपर्ने ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार