जितिया पर्व मनाईंदै

२०७१ भाद्र ३१ गते, मंगलवार


काठमाडाै, ३१ भदाै । मैथिली र थारु समुदायका महिलाले आज जितिया पर्व मनाउदै छन । तराईका बिभिन्न ठाउँमा विशेष रुपमा मनाउने जितियाको मुख्य विधि भने सोमबारदेखि नै सुरु भएको छ ।तराईका महिलाले उपवास र प्राचीन प्रक्रिया अनुरुप पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ । शाकाहारीले बिहानै नुहाएर गम्हरी अर्थात कोसाभित्रै फल्ने धानको खीर वा भात पनि खाने चलन छ । व्रतालुले नजिकको पोखरी, तलाउमा नुहाई भगवान् सूर्यलाई अर्घ अर्पण गर्छन् ।
त्यसपछि व्रतको सङ्कल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ । दिउँसो टोलभरिका महिलाले एक ठाउँमा भेला भएर कथा वाचन गर्ने चलन छ । थारु समुदायमा विवाहित महिलाले आफ्ना सन्तति र पतिको सुखशान्तिको कामना गर्दै निराहार बसी तीन दिनसम्म यो पर्व मनाउने गर्छन् ।
जितिया पर्वलाई दसैँ आगमनको सङ्केतका रुपमा पनि लिइन्छ । कतिपय महिलाले यस पर्वमा पुर्खालाई समेत पूजा गर्ने गरेको पाइन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार