जसलार्ई अदालतले ‘जिउँदो’ भएको अस्वीकार ग-यो

२०७५ बैशाख १ गते, शनिबार

काठमाडौं, १ बैशाख । रामानियन नागरिक कन्स्टान्टिन रेलिउले गत जनवरीमा आपूm मरिसकेको कुरा थाहा पाए । टर्कीमा २० वर्ष ‘कुक’को रूपमा काम गरेर घर फर्किंदा उनकी श्रीमतीले उनको मृत्यु दर्ता गरिसकेकी थिइन् । सो समयदेखि नै उनले सरकारी अधिकारीहरूका सामु आपूmलार्ई जिउँदै रहेको प्रमाणित गर्न निकै कोसिस गरिरहेको छन् । उनलार्ई मुख्य समस्या तब प¥यो जब भास्लुईको दक्षिण–पूर्वी सहरमा रहेको अदालतले उनको मृत्यु दर्ता फिर्ता लिन मानेन किनकि उनले ढिला गरी त्यसको उजुरी दिएका थिए । अदालतले सो फैसला अन्तिम भएको बताएको छ । ‘म जीवित भूत हुँ’, ६३ वर्षीय रेलिउले बाल्र्याण्डस्थित आफ्नो घरबाट फोन अन्तर्वार्तामा समाचार संस्था एपीसँग भनेका छन् । ‘म आधिकारिक रूपमा मृत घोषित भएँ तर वास्तवमा म जीवित छु’ उनले भने, ‘मेरो कुनै आयस्रोत छैन अनि मृत घोषित भइसकेकाले मैले केही पनि गर्न सक्दिँन ।’ अन्तर्वार्ताका क्रममा रेलिउ निकै भावुक भएका थिए । उनले आफ्नी श्रीमतीप्रति रिस पनि व्यक्त गरेका थिए । उनले आपूm १९९२ मा पहिलो पटक कामको लागि टर्की गएको बताएका छन् । जब उनी १९९५ मा घर फर्किए तब उनले आफ्नी श्रीमती बेपत्ता भएको पाए । र १९९९ मा उनले पुनः टर्की फर्किने निर्णय लिए ।
गत डिसेम्बरमा उनको मृत्यु दर्ताको बारेमा थापा पाएपछि टर्किस अधिकारीहरूले गत जनवरीमा उनलार्ई रोमानिया फर्काइदिएका थिए । बुकारेष्टको विमानस्थलमा अवतरण गर्ने वित्तिकै उनलार्ई उनी मृत्यु भइसेको बताइएको थियो र उनीसँग ६ घण्टा लामो सोधपुछ गरिएको थियो । उनको पुरानो पासपोर्टमा रहेको पाटोसँग दाँज्नको लागि उनीहरूले उनको दुई आँखाबीचको दुरी नाप गरेका थिए । उनलार्ई अधिकारीहरूले उनको सहरको बारेमा विभिन्न प्रश्न सोध्नुका साथै उनको औँठाछापको परीक्षण पनि गरिएको थियो । ‘अन्ततः उनीहरूले म नै भएको घोषणा गरे ।’ उनले भने । उनलार्ई टर्की फर्किन टर्कीस सरकारले निषेध गरेको छ । तर उनले टर्किस राष्ट्रपति रेसेप टेइप एर्डोगानलार्ई पत्र लेखी सो निर्णय फिर्ता गराउन चाहन्छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु