जनयुद्ध स्मरण समितिले २५ औं जनयुद्ध दिवस भब्य रुपमा मनाउने

२०७६ माघ २८ गते, मंगलवार

काठमाडौँ, २८ माघ । जनयुद्ध स्मरण समितिले २५ औं जनयुद्ध दिवस भब्य रुपमा मनाउने बताएको छ । उसले फागुन १ गते दिउसो १ बजे काठमाडौंको बागबजारस्थित होटल हार्दिकको नेपथ्य हलमा पुनर्मिलन कार्यक्रम गर्ने जनाउदै कार्यक्रममा सहभागी हुन् अपिल समेत गरेको छ ।
समितिले ऐतिहासिक दिन फागुन १ मा हुने पुनर्मिलन कार्यक्रममा सहभागी बनौं ! भन्दै नेपाली धर्तीमा संचालित माओवादी जनयुद्धमा वैचारिक-राजनैतिक, सामरिक-फौजी, सामाजिक-सांस्कृतिक, आर्थिक-भौतिक र आत्मिक-नैतिक आदि विभिन्न क्षेत्रबाट योगदान पुर्याएका र हाल विभिन्न समूहमा रहेर वा नरहेर पनि नेपालको कायापलट गर्ने उद्धेश्य सहित जनयुद्धको सिद्धान्त र व्यवहार, लक्ष र उद्देश्य, संस्कार र संस्कृति अनि मर्म र भावनाप्रती प्रतिबद्ध र कटिबद्ध सहिद तथा बेपत्ता परिवार, घाइते (अशक्त) योद्धा र तिनका परिवार, जेल-हिरासत पीडित र तिनका परिवार, राजनीतिक नेता-कार्यकर्ता र फौजी कमाण्डर-कमिसार तथा जनमुक्ति सेनाका योद्धा-मिलिसिया आदि कामरेड-साथीहरुको सामूहिक अनुभूति साटासाटसहित २५औँ जनयुद्ध दिवस पुनर्मिलन समारोहको रुपमा जनयुद्धका आस्था-निष्ठाका योद्धाहरुको स्मरण गर्दै आपसी भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाइने भएकोले उपस्थित हुन सम्बन्धित र इच्छुक सबैलाई हार्दिक अनुरोध समेत गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु