छात्रवृत्तिका नाममा लाखौं ठगि

२०७५ पुष २८ गते, शनिबार

काठमाडौं, २८ पुस । काठमाडौं बागबजार र पुतलीसडकका केही कन्सलटेन्सीहरु प्राविधिक शिक्षा अन्तर्गत बङ्गलादेशमा पढ्न जाने विद्यार्थीहरुबाट बिना बिल भौचर लाखौं रुपैयाँ उठाउने गरेको पाईएको छ । बङ्गलादेशमा बिएसी एग्रीकल्चर र भेटनरी पढ्न जाने विद्यार्थीहरुबाट काठमाडौंस्थित बागबजार र पुतलीसडकका केहि कन्सटेन्सीहरुले छात्रवृत्तिका नाममा लाखौं रुपैयाँ उठाउदै गरेको जानकारीमा आएको छ । यस बर्ष नेपालमा प्राबिधिक शिक्षा अन्तर्गत ब्याचुलर कोर्सहरु ईन्ट्रान्स परीक्षामा नाम निकाल्न नसकेका र बङ्गलादेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरुबाट बागबजार र पुतलीसडकका केहि कन्सल्टेन्सीहरुले बङ्गलादेशका विभिन्न कलेजहरुमा छात्रवृत्ति मिलाइदिने भन्दैप्रति विद्यार्थी ३ देखि ४ लाखका दरले बिना बिल भौचर रुपैयाँ उठाइरहेको विद्यार्थीहरुले आरोप लगाएका छन ।
यसरी बिना बिल भौचर ३ लाख रुपैयाँ माग्न थालेपछि उच्च शिक्षाका लागि बङ्गलादेश जान लागेका केहि विद्यार्थीहरु हाम्रो सम्पर्कमा आएर आफ्नो गुनासो राखेका हुन । नाम नभन्ने सहमतिमा एक छात्राले “यो पैसा न कलेजको खातामा जान्छ नत कन्सल्टेन्सीवालाहरुले बिल भौचर नै दिन्छन, यस्तो अवस्थामा ३ देखि४ लाख रुपैयाँ कसरी हामीले दिने कुनै प्रमाण बिना ? प्रश्न समेत गरे “ । ’मानौँ हामीहरुले पैसा दियौं र भोलिको दिनमा हामी छात्रवृत्ति पाएनौं भने बिना प्रमाण दिएको यो पैसा को संग माग्ने ? ’उनको भनाइ छ ।
यसरी अबैध रूपमा विद्यार्थीहरुको कमजोरीको फाइदा उठाउदै लाखौं पैसा उठाउने कन्सल्टेन्सी ब्यवसायीहरुलाई कानूनी कारवाही हुनुपर्ने धारणा पीडित विद्यार्थीहरुको छ । यसैबीच गतबर्ष यसरी नै पैसा तिरेर बङ्गलादेश अध्ययन गर्न गएका विद्यार्थीहरुले भने कन्सल्टेन्सीले भने अनुसारको कलेज नभएर बाङ्ग्लादेशको सरकारी क्याम्पसमा पढ्नु परेको र यहाँ सरकारी कलेजहरुमा नब्बे प्रतिशत भन्दा बढी बङ्गलादेशी विद्यार्थीहरु हुने र यहाँका सरहरुले पुर्णरूपमा अङ्ग्रेजी माध्यम नभै बाङ्लादेशी भाषामा नै पठन पाठन गर्ने गराउने भएकोले नेपाली विद्यार्थीहरु पैसामा ठगिनुका साथै भाषाको समेत समस्या हुने गरेको बताउँछन् । त्यसैले बङ्गलादेशमा पढ्नका लागि आउने विद्यार्थीहरुले सोच बिचार गरेर मात्रै बाङ्गलादेश आउन सुझाएका छन ।
यसरी बङ्गलादेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई नेपालका कन्सल्टेन्सीहरु ठगिरहेका छन । यस्ता पैसा कमाउ धन्दावाला कन्सल्टेन्सीहरुलाई कारवाहीका लागि सरोकारवाला निकाय ईक्यानले ध्यान नदिदा बर्षेनी हजारौं नेपाली विद्यार्थीहरुको माध्यमबाट करोडौं पैसा बिदेशीनुका साथै नेपाली विद्यार्थीहरु बिदेशमा अलपत्र पर्नुका साथै आत्महत्या गर्ने गरेको समाचारहरुमा देख्न सुन्न पाइन्छ ।
यस बिषयमा नेपाल सरकार, शिक्षा मन्त्रालयले बेलैमा ध्यान दिन आग्रह जरुरी देखिन्छ

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु