चीनको उच्चस्तरीय टोली नेपाल आउँदै

२०७४ कार्तिक २० गते, सोमबार

काठमाडौं, २० कात्तिक । चिनियाँ रेल नेपालतर्फ विस्तारको मोडालिटीबारे छलफल गर्न उच्चस्तरीय चिनियाँ टोली सोमबार (आज) नेपाल आउँदैछ । चिनियाँ वरिष्ठ रेल–वे अधिकारी चेङ चियानको नेतृत्वमा २३ सदस्यीय टोली नेपाल आउने भएको हो । चेङ चीनमा रेल मामिला हेर्ने निकाय नेसनल रेल–वे एडमिनिस्ट्रेसनका उपप्रमुख हुन् । चिनियाँ टोली रसुवागढी, पोखरा र लुम्बिनी पुगेर रेल विस्तारको विषयमा अध्ययन गर्ने जनाइएको छ । – अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु