घुस्याहा कर्मचारी अख्तियारको फन्दामा

२०७२ श्रावण १० गते, आईतवार

काठमाडौं,, १० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय सम्र्पक कार्यालय भीमदत्तनगरको एक टोलीले आज यातायातका कार्यालय सहयोगीलाई ३८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय भीमदत्तनगरका कार्यालय सहयोगी भीमराज भट्ट नगदसहित कार्यालयबाट पक्राउ परेका हुन् । अख्तियारका क्षेत्रीय प्रमुख रवीन्द्र शर्माले विशेष सूचनाका आधारमा सेवाग्राहीबाट पैसा लिइरहेको अवस्थामा पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए । सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएकालाई पास गरिदिने भन्दै रकम लिएको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार