‘ग्यालेक्सी ए सेभेन’ बजारमा

२०७१ माघ ८ गते, बिहीबार

काठमाडौं । कोरियन मोबाइल कम्पनी सामसुङले आफ्नो पछिल्लो उत्पादन ‘ग्यालेक्सी ए सेभेन’ बजारमा ल्याएको छ । यही मार्चमा आउने भनिएको यो स्मार्टफोन अहिलेसम्मकै सबैभन्दा पातलो भएको सामसुङले दावी गरेको छ । यसको मोटाइ ६.३ मिलिमिटरमात्र छ ।मेटालिक डिजाइनमा बनाइएको यो स्मार्टफोन ग्यालेक्सी ए सिरिजको पछिल्लो उत्पादन हो । यसले प्रयोगकर्तालाई उच्च स्तरको अनुभव प्रदान गर्ने सामसुङले दावी गरेको छ । मल्टिकोर प्रोसेसरयुक्त यो स्मार्टफोनमा २ जीबी ¥याम र १६ जीबी आन्तरिक मेमोरी रहेको छ ।
५.५ इन्च डिस्प्ले भएको यो स्मार्टफोनको अगाडि ५ मेगापिक्सेल र पछाडि १३ मेगापिक्सेल क्यामेरा रहेका छन । यसमा अल्ट्रावाइड सट तथा अटो सेल्फी मोडजस्ता एड्भान्स सेल्फी फिचर्ससमेत छन ।
एन्ड्रोइड किटम्याट अपरेटिङ सिस्टम रहेको ग्यालेक्सी ए सेभेन सेतो, कालो र सुनौलो रङमा उपलब्ध हुने छ । ग्यालेक्सी ए सेभेनको मूल्य कति पर्छ भन्ने खुलाइएको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु