गोरखापत्रमा न्युनतम पारिश्रमिक लागु हुने

२०७३ आश्विन ७ गते, शुक्रबार

काठमाडौं, ७ असोज । सरकार नियन्त्रित एकमात्र दैनिक पत्रिका गोरखापत्रमा कार्यरत सबै श्रमजिवीहरुलाई साउन १ गतेदेखिकै न्युनतम पारिश्रमिक उपलब्ध गराइने संस्थानका सहायक महाप्रबन्धक गोपालप्रसाद भट्टराईले प्रतिवद्धता जनाएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपाल उपत्यका विशेष व्युरो समन्वय समितिको ज्ञापनपत्र बुभ्mदै गोरखापत्र संस्थानका सहायक महाप्रबन्धक भट्टराईले महाप्रबन्धक शुशिल कोइराला पनि यसमा सकारात्मक रहेको आफूले बताएको जनाए । ‘मैले तपाईहरुको पत्र बुझेपछि अहिले महाप्रबन्धक ज्यूलाई फोन गरेँ, उहाँले संस्थान न्युनतम पारिश्रमिक लागु गर्न तयार भएको जनाउ दिनुभयो,’ महाप्रबन्धकको टेलिफोन कुराकानी सुनाउँदै भट्टराईले भने ।
संगठनका उपत्यका व्यूरो संयोजक जन्मदेव जैसीको नेतृत्वमा गएको १३ सदस्यीय टोली न्युनतम पारिश्रमिक लागु गनुपर्ने, श्रमजिवी पत्रकारसम्बन्धी ऐन पूर्णतः लागु हुनुपर्नेलगायत ७ बुँदे मागसहितको पत्र बुझाउन संस्थानको केन्द्रीय कार्यालय धर्मपथ पुगेको थियो । पत्र बुझेपछि सहायक महाप्रबन्धक भट्टराईले आफू पनि टे«ड यूनियनका अधिकारका लागि धेरै समय बेथित गरेकोले क्रान्तिकारी पत्रकार संगठनका मागहरु आफूलाई जायज लागेको बताए । संस्थानमा राजनीतिकरण हावी भएकाले सिधै मन्त्रालयले लागु गर्न पत्रमार्फत निर्देशन गरेमा भोलिदेखि नै लागु हुने उनको प्रष्टोक्ति थियो । ‘हामी सबै तयारै छौं, बोर्ड र सञ्चालक समितिको राजनीति खिचातानीले अहिलेसम्म अल्झिएको छ,’ भट्टराईले भने ।
‘गोरखापत्र संस्थानमै रहेको आधिकारिक टे«ड यूनियनले अहिलेसम्म यी विषयमा कुनै माग राखेन, तपाईहरुले राख्नुभयो, व्यवस्थापनको ध्यानाकर्षण भएको छ,’ उनले भने । पत्र बुझाइसकेपछि संक्षिप्त भनाई राख्दै संयोजक जैसीले मागहरु सम्बोधन गर्न व्यवस्थापन तयार रहेको बताइएपनि व्यवहारमा हेरेर मात्र विश्वास गर्ने बताए । ‘हामीसँग व्यवस्थापनले २ वर्षअघि पनि लागु गर्ने भनेर समहति गरेको थियो, अहिलेसम्म भएन, त्यसैले व्यवहारमा नहेरी हामी विश्वस्त हुन सक्दैनौं जैसीको भनाई थियो । पन्ध्र दिनभित्र कुनै सकारात्मक कामको थालनी नभए आन्दोलनमा जाने उनले चेतावनी पनि दिए ।
संगठनले बुझाएको ७ बुँदे मागमा गत साउन २४ गते राजपत्रमा प्रकाशित भएबमोजिम संस्थानमा कार्यरत सम्पूर्ण श्रमजिवी पत्रकार एवं श्रमिक सञ्चारकर्मीहरुलाई साउन १ गतेदेखि लागु हुनेगरी न्यनतम पारिश्रमिक तत्काल उपलब्ध गराउनुपर्ने, यसअघि मजदुर र व्यवस्थापकबीच भएको सहमति बमोजिम पदपूर्ति गर्दा आन्तरिकबाट पहिलो प्राथमिकतामा पार्नेलगायतका ७ बुँदे सहमति तुरुन्त कार्यान्वयन गर्नुपर्ने, स्थायी पत्रकार, कर्मचारी एवं श्रमिकहरुको हकमा लामो समयदेखि रोकिएको बृत्ति विकास अभिबृद्धि कार्यक्रम अविलम्ब अघि बढाउनुपर्ने, श्रमजीवी पत्रकार ऐन पूर्णतः कार्यान्वयन गर्नुपर्नेलगायतका छन्

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार