क्रान्तिकारी ट्रेड युनियनका अध्यक्ष झाक्रीसहित ७ नेता रिहा

२०७५ जेष्ठ ८ गते, मंगलवार

काठमाडौं, ७ जेठ । राष्ट्रिय सम्मेलनबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनबाटै गिरफ्तार गरिएका नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष अमर झाक्रीसहित ७ जना मजदूर नेता रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशमा सोमबार दिउँसो उनीहरु काठमाडौंबाट अध्यक्ष झाक्रीसहित सचिव देव परियार, केन्द्रीय सदस्य, शिब परियार, शिशिर थापासहित सात जना रिहा भएका हुन् । उनीहरुलाई राष्ट्रिय सम्मेलनबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनबाटै प्रहरीले वैशाख २५ गते गिरफ्तार गरेको थियो । महासंघको बैशाख १७ र १८ गते पोखरामा राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी निटक महासंघले काठमाडौँको अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । प्रहरीले संवाद डबलीकै परिसरबा ११ जना मजदूर नेताहरुलाई गरेको थियो । केहीलाई सोही दिन नै छोडेपनि अध्यक्ष झाक्रीसहितका नेताहरुलाई सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाएको थियो । सोमबार सर्वोच्च न्यायधीस ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको इजलासले म्याद थप गरी थुनामा राख्नु गैरकानुनी भएको ठहर गर्दै तत्काल रिहाइको आदेश गरेको थियो । बन्दीहरुको तर्फबाट बरिष्ठ अधिबक्ता एकराज भन्डारी, कपीलचन्द्र पोख्रेल, अधिवक्ता कान्ती ढुंगानाले बहस गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु