क्यानको निलम्बन फुकुवा हुने

२०७५ बैशाख ४ गते, मंगलवार

काठमाडौं, ४ वैशाख । नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचित कमिटीले क्यानमाथि लागेको निलम्बन फुकुवा गर्न लचिलो भएर प्रस्तुत् हुने जनाएको छ ।
क्यानले आज पत्रकार सम्मेलन गर्दै निर्वाचित क्यानले निलम्बन फुकुवा भएर नेपाली क्रिकेटले निकास पाउने अवस्थामा अहिलेको विधान संशोधन गर्न लचक हुने बताएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को निर्देशनअनुसार निलम्बित क्यानले यही वैशाख ६ र ७ गते राजधानीमा आइसीसीको प्रतिनिधिसहित विशेष साधारणसभा गर्दैछ ।
पत्रकार सम्मेलनमा निर्वाचित कमिटीका महासचिव अशोकनाथ प्याकुरेलले आफूहरु विधि र प्रक्रियाको पक्षमा रहेको भन्दै विशेष साधारणसभाले विवादित विषय टुंगो लगाउने विश्वास व्यक्त गरे । महासचिव प्याकुरेलले क्यान निलम्बनमा पर्नुमा आफूहरुकोमात्रै दोष नभएको भन्दै सरोकारवाला सबै पक्षले विगतबाट पाठ सिकेर निकासका लागि एक ठाउँमा उभिनुपर्ने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु