कोरोना संक्रमित र आसपासका सबै क्षेत्र पूर्ण रूपमा ’सिल

२०७७ बैशाख २२ गते, सोमबार

काठमाडौं , २२ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको नेपालगञ्जमा एकैदिन १५ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि परीक्षणको दायरा बढाउन थप स्वास्थ्य सामग्रीसहितको टोली पठाइएको छ । मन्त्रालयले जोखिम फैलिन नदिन र सम्भावित संक्रमितको खोजी गर्न आवश्यक स्वास्थ्य सामग्रीसहित जनशक्ति परिचालन गरेको हो ।सरकारले आइतबार नै पीसीआर परीक्षण किट, पीपीईलगायत आवश्यक सामग्रीसहित टोली पठाएको हो ।
स्वास्थ्यकर्मीहरू नमूना परीक्षण गरिएका र बाँकी रहेकामध्ये केहीमा थप संक्रमण हुन सक्ने आशंका गरिएको छ । भेरी अञ्चल अस्पतालका अनुसार नमूना संकलन गरिएकामध्ये ६० जनाको स्वाब परीक्षण भइसकेको छ । अन्यको परीक्षण हुने क्रममा छ । एकैदिन १५ जना संक्रमित फेला परेपछि स्थानीय प्रशासनले संक्रमित र आसपासका सबै क्षेत्र पूर्ण रूपमा ’सिल’ गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु