औद्योगिक मेला माघ ७ गतेदेखि

२०७१ माघ ३ गते, शनिबार

हेटौंडामा औद्योगिक मेला माघ ७ गतेदेखि
काठमाडौं । राष्ट्रिय निर्माण तथा औद्योगिक व्यापार मेला माघ ७ गतेदेखी हेटौंडामा शुरु हुने आयोजकले जनाएको छ । मेलाको तयारीका क्रममा विभिन्न समिति र उपसमितिहरूले आफ्नो कामलाई त्रि्रता दिएको मेलाका संयोजक एवं निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए । हेटौंडाको हुप्राचौरमा हुने मेलामा राखिने बाल उद्यान तथा मनोरञ्जनात्मक स्टलहरू निर्माणको तयारी शुरु भएको छ भने मेलाको स्टल निर्माण कार्य पनि शुरु भईसकेको संयोजक पराजुलीले बताए । मेलामा अर्को आकर्षाको रूपमा रहेको आइडल अडिसन २ गते हुने संयोजक दिपक शर्मा ढकालले जानकारी दिए ।

प्रतिक्रियाहरु