उद्योग वाणिज्य महासंघको साधारण सभा सुरुहुदै

२०७० चैत्र २८ गते, शुक्रबार


काठमाडौ, २८ चैत।निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ४८ औं साधारणसभा आजदेखि सुरु हुँदैछ ।साधारणसभाले आउँदो तीनवर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र उपाध्यक्ष प्रदीपजंग पाण्डेको समूह चुनावी मैदानमा छन् ।बरिष्ठ उपाध्यक्षमा राजकर्णिकार समूहका पशुपति मुरारका र पाण्डे समूहकी भवानी राणाबिच प्रतिस्पर्धा हुँदैछ । महासंघको बिधान अनुसार निर्वाचनबाट ४ जना पदाधिकारी र बिभिन्न क्षेत्रबाट ५७ जना सदस्य निर्वाचित हुनेछन् । सदस्यहरुमा एशोसिएटबाट १६, वस्तुगत संघहरुबाट १२ र जिल्ला नगर उद्योग वाणिज्य संघहरुबाट १४ जना र १४ अञ्चलबाट १÷१ जना सदस्य निर्वाचित हुनेछन् । त्यसैगरी १ जना द्विराष्ट्रिय सदस्य हुनेछन् ।
महासंघका देशभरका एकलाख भन्दा बढी साना र ठूला उद्योगी व्यवसायी आबद्ध छन् । महासंघको ६ सय ३५ ओटा एसोसिएट सदस्य, ९१ वटा वस्तुगत संघ तथा ९३ वटा जिल्ला नगर उद्योग वाणिज्य संघ छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार